नाङगै सुत्नु धेरै नै फाइदाजनक

benifit-of-sleeping-nakedसुत्ने बेलामा मानिसको शरीरमा कुनै न कुनै कपडा हुनेगर्दछ । प्रायः मानिस अण्डर वेयर र भेस्ट लगाएर सुत्ने गर्दछन् । त्यस्तै कतिले त कपडा नै नखोली पनि सुत्ने गर्दछन् । तर कपडासँगै सुत्नु भनेको शरीरका लागि हानिकारक मानिन्छ ।

यस्ता छन् नाङगै सुत्दा हुने यी ६ फाइदा ?                                                                                       १. अक्सिटोसिन नामको हर्मोनले हाम्रो मुटुलाई सुरक्षित राख्दछ । नाङगै सुत्ने हो भने शरीरमा भएको अक्सिटोसिनको मात्रामा वृद्धि हुन्छ जसले गर्दा रक्तचाप पनि नियन्त्रण हुन्छ । त्यस्तै रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने र तनावपनि कम हुने गर्दछ ।

२. राम्रोसँग निदाउँन शरीरको तापक्रम आधा घट्नुपर्दछ । तापक्रम घटेन भने दिमाग व्युँझिरहेको हुन्छ । जव हामी सुत्दा सबै कपडा खोलेर सुत्छौं तव हाम्रो शरीरको तापक्रम घट्दै जान्छ र आनन्दसँग सुत्न सकिन्छ ।

३. नाङगै सुत्ने दम्पत्तिबीच राम्रो सम्बन्ध हुने एक अध्ययनले देखाएको छ । जीवनसाथीसँग नाङगै सुत्दा प्रेमसम्बन्ध बढ्ने गर्दछ । एकअर्काको छालामा स्पर्श भएपछि सहजता र खुशीको महसुस हुने गर्दछ । साथै यौन क्रियाकलाप पनि रमाइलो हुने गर्दछ । यौन अंगमा पनि निकै सकरात्मक प्रभाव पार्दछ । विशेषगरी योनीमा ब्याक्टेरिया जम्मा हुन पाउदैनन् ।

४. चाहे बच्चा होस, चाहे वृद्धा, अण्डर वेयर लगाएर सुत्ने मानिसको डिएनएमा असर पर्ने गर्दछ । स्टानफोर्ड विश्वविद्यालयमा गरिएको एक अध्ययनले अण्डर वेयर लगाएर सुत्ने मानिसको वीर्यमा रहेको डिएनएमा हानी हुने खतरा २५ प्रतिशतले बढी हुने देखाएको छ ।

५. हामी दिनभर कपडा लगाएर हिड्ने गर्दछौं जसका कारण हाम्रो छाला निकै नियन्त्रित भएको हुन्छ । यसले गर्दा आवश्यक मात्रामा छालाले हानिकारक तत्व बाहिर निकाल्न सक्दैन । तर जव हामी नाङगै सुत्छौ तव छाला खुला हुन्छ र छालामा भएका हानिकारक तत्व बाहिर निस्कन सक्दछन् । फलस्वरुपः हाम्रो छाला स्वस्थ रहन्छ ।

६. शरीरमा हुने खैरो फ्याटलाई निकै लाभदायक मानिन्छ । यसको कारण भनेको खैरो फ्याटले अन्य अंगभन्दा बढी शरीरमा तापक्रम पैदा गर्दछ । जसले गर्दा हानीकारक मानिने सेतो फ्याटमा भएको क्यालोरी चाँडो नष्ट हुन्छ । यो फ्याट केटाकेटीमा बढी हुन्छ जसले उनीहरुलाई न्यानो बनाइरहेको हुन्छ । नाङगै र तापक्रम कम भएको कोठामा सुत्ने हो भने यो फ्याटमा वृद्धि हुन्छ ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७३०९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइँ हिँड्दाखेरी खुट्टामा पानीफोका पर्छ, यस्तो छ यसको उपचार