के तपाइँ हिँड्दाखेरी खुट्टामा पानीफोका पर्छ, यस्तो छ यसको उपचार

paniforaलामोदूरी हिँड्दा जुत्ताले च्यापिएर खुट्टामा पानीको फोका निस्कने हुनसक्छ । जसले गर्दा तपाइँलाई हिँड्न गाह्रो हुने मात्र होइन् यसले धेरै दुखाउँछ पनि । हिँड्दा खुट्टा गुम्सिएर घस्रिएर पानीको फोका आउनसक्छ । सामान्यतया खुट्टामा लाग्ने पसिना,मैलो र गर्मीको कारण फोका निस्कने सम्भावना हुन्छ ।

खुट्टामा पानीफोका निस्कँदा हिँड्न गाह्रो भएको महशुस हुन्छ । पानी भरिएको सेतो रंगको यो फोको असावधानीबश फुट्न जाँदा पनि निकै दुख्ने हुन्छ । धेरैले यसलाई फुटाउनुपर्छ पनि भन्छन् र कसैले फुटाउनु हुँदैन भन्ने पनि गरिन्छ । पानीफोकोलाई सही तरिकाले फुटाएमात्र फोको निको हुन्छ र दुखाइ पनि कम हुनजान्छ ।

यदि पानी फोको धेरै ठूलो छ भने डाक्टरको सल्लाह लिएरमात्र उपचारमा लाग्नुपर्छ । र,सुकाएर साबुनपानीले धुँदा निको हुन्छ । सानो पानीफोको निस्केको अवस्थामा घरेलु उपचारबाट पनि निको पार्न सकिन्छ ।निस्केका पानीफोकोलाई फुटाउनको लागि सफा ब्लेड र सुईको प्रयोग गर्नुपर्छ । फोकाको किनारमा सुइले दबाएर फुटाउनु पर्छ र फोकोभित्रको सबै पानी बाहिर निकाल्नुपर्छ । यसरी पानीफोको फुटाएपछि फोको उठेको छालालाई छुन र बाहिर निकाल्नु हुँदैन् । यसरी फोकोभित्रको पानी बाहिर निकालेपछि पानीफोको पुन बढ्ने र इन्फेक्शन हुने खतरा भने हुँदैन् ।

फुटाएको फोकोमा बैन्डेज लगाउने गर्नुपर्छ । तर यो बैन्डेज लगाउने काम राति सुत्नुअघि नै गर्नुपर्छ जसले गर्दा फोको सुक्खा हुन पाउँछ । यदि तपाइँलाई मधुमेहको समस्या छ भने पानी फोकोलाई आफूले कहिल्यै फुटाउनु हुँदैन् र सँधै डाक्टरको सल्लाह बमोजिम पानीफोको फुटाउनुपर्छ ।

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७३०५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेरा सन्तान हुन्छन् कि हुँदैनन् ?