अमलाको जुस सेवन गर्दा कल्पना समेत नगरेका फाइदा

benefits-of-amla-juice-for-skinअमलामा भिटामिन सी पर्याप्तमा मात्रामा हुन्छ । यसको प्रयोग तपाईलाई निकै लाभदायक हुन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ । यसमा फाइबर, प्रोटिनका साथै अन्य भिटामिनहरु पनि हुन्छ ।

आयुर्वेद विज्ञानका अनुसार अमलाको जुस पिउनाले उमेर बढाउँछ । यसको रसमा मह मिसाएर पिएमा अस्थमाको असर कम हुनेछ । यसले रगतमा शुद्दपना ल्याउँछ । हामी तपाईलाई अमलाको जुस सेवनको फाइदाबारे जानकारी दिन्छौं ।

१. अमलाको जुस सेवनले तपाईको मुटुलाई स्वस्थ बनाउँछ त्यसका साथै यसको प्रयोगले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्छ ।
२. यसले तपाईको पाचन प्रणालीलाई तन्दुरुस्त बनाउँछ । यसले तपाईको बजन घटाउन पनि महत्वपुर्ण भूमिका खेल्दछ ।
३. अमलाको जुसमा मह मिसाएर पिएमा डण्डिफोर समेत न्यूनिकरण गर्दछ ।
४. दिनमा दुई पटक अमलाको जुसलाई केराको साथमा खाएमा महिनावारी गडबडीको समस्या कम गराउँदछ ।
५. अमलाको जुसलाई बेसार र महको साथ सेवन गरेमा मधुमेहको बिरामीलाई फाइदा पुग्छ ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७३०४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाङगै सुत्नु धेरै नै फाइदाजनक