युवतीको रोजाइमा पर्न चाहनुहुन्छ भने यस्ता छन् केहि टिप्स्

coco_and_juliaकतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय वेला उनीहरूको व्यवहारले बुझाइमा समस्या पनि ल्याउँछ । केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन ।

यस्ता छन् केही टिप्स:                                                                                                           भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै, बाल्यकालका सम्झना, भविष्यका रुचि, इच्छा आदिबारेमा कुरा गर्नुभयो भने उनीहरू खुलेर कुरा गर्न रुचाउँछन् । उनीहरूले तपाईंप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपार्इं उनीहरूको नजिकै उभिनुभएको छ भने अप्ठ्यारो महसुस गरेका हुन सक्छन् ।

कहिलेकाहीँ जिस्क्याउने गर्नुहोस् । तर, वरिपरिको वातावरण, परिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरूको ज्यादै नजिक पुर्‍याउँछ । कुरा गर्न सजिलो पनि हुन्छ । उनीहरूसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्नेप्रति महिला बढी आकर्षित हुने गर्छन् । उनीहरूबारे कुरा गर्नुहोस् । महिलाहरू आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरूबारे तपाईंले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् ।

महिलालाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु, आफ्नो विचार व्यक्त गर्नुहोस् ।

प्रश्न गर्दा ठाडो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।

आफ्नो परिचय नलुकाउनुहोस् । काम, इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् ।

उनीहरूको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् ।

सम्पूर्ण रूपमा नियन्त्रित हुँदा कहिलेकाहीँ साथीभन्दा माथिको सम्बन्धमा तपार्इं आफँै बाधक बन्नुभएको हुन सक्छ ।

त्यसैले त्यसबारे उनीहरूको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७३०३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमलाको जुस सेवन गर्दा कल्पना समेत नगरेका फाइदा