बच्चा भएपछि पनि पुरानै अवस्थको जस्तै ‘टाइट’ योनी बनाउन सकिने चिकित्सकीय उपाय

sexyकुमारीत्वलाई अंग्रेजीमा भर्जिनिटी भनिन्छ । अर्थात महिलाको यौनीमा रहेको पातलो झिल्ली नच्यातिएको अवस्थालाई भर्जिनिटी भनिन्छ । यो झिल्लीलाई अंग्रेजीमा हाइमिन भनिन्छ, । सामान्यतया पहिलो पटकको यौन सम्र्पकमा हाइमिन च्यातिन्छ । कुमारित्व भङ्ग हुन्छ । तर, यौन सम्र्पकले मात्र झिल्ली च्यातिन्छ भन्ने होइन ।

वरिष्ठ स्त्री रोग विशेषज्ञहरुका अनुसार ‘कुमारीत्व भनेको एउटा भ्रममात्र हो । हाम्रो मानसिकता मात्र हो ।’ उनी भन्छन् ‘हाइमिन कुनै भारी समान उठाउँदा, साइकल चलाउँदा, खेल खेल्दा, जिम्न्यास्टिक गर्दा च्यातिन सक्छ । कसैको त जन्म जातै हाइमिन नहुन पनि सक्छ ।’

पुरुषहरु प्राय झिल्ली नतोडिएकी स्त्रीसंग यौनसम्र्पक गर्ने चाहना राख्छन् । उनीहरु कुमारित्व भएका बेला यौन सम्र्पक गर्दाको मजा बेग्लै हुंने गफ दिइरहेका हुन्छन् । पुरुषहरुको दाबीलाई डा. गौतम हावा गफ मान्दछन् । उनी भन्छन्, ‘हाइमिनले यौन सन्तुष्टिसँग कुनै सम्बन्ध राख्दैन ।’

हाल नेपालमा पनि भर्जिनिटीको कुरालाई विभिन्न नजरले जोडेर हेर्ने गरिएको छ । पत्रपत्रिकामा दिनहुँ आउने यौन असन्तुष्टिका कुराले गर्दा महिलाहरु कतै भविष्यमा कुनै समस्या त आउने होइन भनेर डाक्टरकोमा धाउन थालेको छन् । र डाक्टरले पनि हुँदैे नहुने कुरालाई हुन्छ भन्दै पैसा लुटिरहेको छन् ।                           vaginal-tightening

भर्जिनिटी, विवाह र धर्म/सस्कृति                                                                                                   अहिले विवाहपूर्व यौन सम्बन्ध राखिनु सामान्य भइसकेको छ । कतै प्रेमको माध्यमबाट कतै लिभिङ टुगेदरको सम्बन्धबाट यौन सम्बन्ध हुन जान्छ । जो व्यक्तिसँग विवाह पूर्व यौन सम्बन्ध राख्यो त्यही व्यक्तिसँग विवाह नहुन सक्छ । त्यसपछि युवतीको दिमागमा एउटा नयाँ डर सुरु हुन्छ, ‘कतै मेरो कुमारीत्वको विषयलाई लिएर श्रीमान्ले म प्रति कुन संका त गर्ने होइन’ युवतीहरु आफ्नो कुमारीत्वलाई पुनः फर्काउन अनेक उपाय खोज्न थाल्छन् ।

त्यस्तै हाम्रो समाजमा महिलाको कुमारित्वको विषयलाई विभिन्न नजरले हेर्ने गरिन्छ । हरेक युवाले आफूले विवाह गर्ने युवती कुमारी होस् भन्ने चाहना राख्दछन् । पुरानो पुस्ता मात्र होइन नयाँ पुस्तामा पनि कसैसँग यौन सम्बन्ध नराखेकी युवती नै श्रीमती बनाउनु पर्छ भन्ने परम्परागत मान्यता रहिआएको छ ।

कतिपय देशमा कुमारित्वलाई धार्मिक नजरले हेर्ने गरिन्छ । अरबी सस्कृतिमा कुमारित्वलाई अझै पनि जीवन र मृत्युको विषय मान्ने गरिन्छ । अरबीक महिलाहरुले आफ्नो श्रीमनको अगाडि कुमारित्वको प्रमाणपत्र पेस गर्नु पर्दछ । उनीहरु असफल भए पारिवारिक र सामाजिक दवावको कारणले आत्महत्यासम्म गर्नु पर्ने स्थिति आउने गर्दछ ।

के भर्जिनिटी (कुमारीत्व) पुरानै स्थितिमा ल्याउन सकिन्छ त ?                                                               हाइमिन झिल्ली यौनच्छिेदको मुखमा रहेको विशेष झिल्ली टिसु हो । यो च्यिातिएको झिल्ली योनिच्छेद कहिल्यै पनि जोड्न सकिदैन । डा. गौतम भन्छन् अहिलेसम्म कसैले पनि यस्तो कार्य गरेको मैले सुनेको छैन । कसैले गर्छु भन्छ भने त्यो मुर्ख बनाउँदै छ । हाइमिन पातलो झिल्ली हो जुन अहिलेसम्म कसैले निर्माण गर्न सकेको छैन ।

कसैको बच्चा हुँदा यौनी च्यातिन सक्छ । त्यस्तै भारी समान बोक्दा कतै दुर्घटनाको कारणले गर्दा यौनीच्छेद ठूलो हुन सक्छ । त्यस्तो अवस्थामा यौनीको आकारलाई सानो बनाउन भेजाइनल रिपेरिंग हुन सक्छ । बाहिरी भाग पेर्नियो प्लास्टीको सल्यक्रिया हुन सक्छ । यो कार्य स्त्री रोग विशेषज्ञले गर्न सक्छन् । यसको लागि खासै खर्च पनि गर्नु पर्दैन । पेर्नियो प्लाटीको सल्यक्रिया कानुनी मानिन्छ । बच्चा जन्माएपछि वा उमेर ढल्केपछि यस्तो सल्यक्रियाका गराउनेको संख्या अत्यधिक रहेको पनि पाइन्छ ।

प्रकाशित : आइतबार, कार्तिक १४, २०७३०८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन लुकाउछन महिलाहरु आफ्ना यस्ता ४ कुरा ?