किन लुकाउछन महिलाहरु आफ्ना यस्ता ४ कुरा ?

ladiesमहिलाबारे जान्नुलाई अत्यन्त कठिन मानिन्छ । एउटी महिला कतिवेला खुसी हुन्छिन् र कतिवेला दु:खी हुन्छिन् भन्ने थाहा पाउन सके जीवन धन्य हुन्छ भन्ने व्यंग्य त नेपाली समाजमा पनि सुनिन्छ ।
महिलाले कुनै कुरा बाँकी राख्दैनन्, सबै भन्छन् भन्ने पनि यदाकदा सुनिन्छ । तर, सधैँ यो सत्य हुँदैन । उनीहरूले कहिल्यै नभन्ने दुई–चार कुरा पनि छन् ।

१. मेकअप
सुन्दर बन्ने चाहना कसलाई नहोला र ? महिलाले त झन् सुन्दर देखिन विशेष मेकअप गर्छन् । तर, जति मेकअप गरे पनि उनीहरू भन्छन्– मैले त मेकअप गरेकी नै छैन ।
उनीहरूको पर्समा जतिसुकै मेकअप सामग्री किन नहुन्, यसबारे उनीहरू खासै बोल्दैनन् । खाना खजाना स्वास्थ्यलाई लिएर आफूहरूलाई ‘कन्सस’ छु भन्ने महिला खाने समयमा भने आँखा चिम्लिँदैनन् ।

२. चाट, अमिलो–पिरो
चटपटदेखि लिएर फास्टफुड र पिज्जासम्म खान उनीहरू पछि पर्दैनन् । तर, खाइसके पछि उनीहरू सन्तुष्ट हुँदैनन् । र, यस विषयमा कुरा गर्नै चाहँदैनन् ।

३. अर्काको तारिफ
महिलाले कहिलेकाहीँ भन्छन् पनि अरूबारे कुरा गर्छन् पनि । तर, वास्तवमा उनीहरू अर्काको तारिफ सुन्न त्यति मन पराउँदैनन् ।
पति वा ब्वाइफ्रेन्डले पत्नी वा गर्लफ्रेन्डसँग अरू कुनै महिलाको तारिफ गरे भने महिला रिसले चुर हुन्छन्, तर खुलेर यो कुरा गर्दैनन् ।

४. पुरानो ‘अफयेर’बारे
त्यसो त यो विषयमा महिला र पुरुष दुवै बोल्न चाहँदैनन्, तर पुरुषले जति यो विषयलाई सहज रूपमा पन्छाउँछन्, महिलाले त्यति गर्न सक्दैनन् । उनीहरू त्यसबारे कुरा गर्न पनि चाहँदैनन्

प्रकाशित : सोमबार, कार्तिक १५, २०७३०२:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसरी गर्भ नरहने गरी सुरक्षित सम्भोग गर्ने : यौन जिज्ञासा