मेरो २ महिनामा महिनावारी हुन्छ, म हस्तमैथुन पनि गर्ने गर्छु त्यसैले महिनावारी समयमा नभएको हो ?

म १८ बर्षे युवती हुँ । मेरो दुई महिनामा महिनावारी हुन्छ, म हस्तमैथुन पनि गर्ने गर्छु त्यही कारणले महिनावारी समयमा नभएको त होईन ? यसको गर्दै म सार्है तनाबमा छु !

महिनावारी भनेको नियमित प्रक्रिया हो । हस्तमैथुन भनेको यौन ईच्छालाई म्यानेज गर्नै प्रक्रिया हो । हस्तमैथुन र महिनावारीको सम्बन्ध छैन् । तपाइलार्ई पहिला देखि नै दुई महिनामा महिनावारी हुन्छ भने त्यो नियमित प्रक्रिया हो । तपाईको परिवारमा आमा दिदी, बहीनी वा परिवारको अन्य कोही महिला मित्र दुई महिनामा महिनावारी हुने जस्तो छ भने वंशाणुगत पनि हुनसक्छ । त्यस्तै तपाईले कुनै पुरुषसँग यौन सम्पर्क राख्नुभएको छ भने बच्चा बसेर पनि महिनावारी समयमा नभएको हुनसक्छ । यदि त्यस्तो होईन भने तपाई लामो समय सम्म विरामी हुनुभयो अनि औषघि सेवन गर्दै हुनुहुन्छ भने तपाईको महिनावारी समयमा नभएको हुनसक्छ । नियमित व्यायममा हुनुहुन्छ पछि रोक्नु भयो भने पनि समस्या हुनसक्छ । पहिला तपाईले के गर्नु भएको थियो एक पटक सम्झिनु होला । मैले भनेको कुरा भित्रमा पर्नु भएन भने स्वास्थ्य संस्थामा जाच गराउँदा राम्रो हुन्छ ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७३०७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बढ्दो उमेरमा पनि यौनेच्छा कम भएन, कम हुनुको साट्टो बरु बढेको बढ्यै छ