बढ्दो उमेरमा पनि यौनेच्छा कम भएन, कम हुनुको साट्टो बरु बढेको बढ्यै छ

sexकहिलेकाहीँ अप्ठ्यारो समस्या परिदिन्छ । म ५० नाघेको पुरुष हुँ । श्रीमतीले पनि ४५ वर्ष काटिसकिन् । यो उमेरमा यौनेच्छा कम हुन्छ भन्ने सुनेको थिएँ तर मेरो कम भएन, बरु बढेको बढ्यै छ, तर मेरी श्रीमतीको यौनेच्छा छैन भन्दा पनि हुन्छ । इच्छा हुँदा हस्तमैथुन गर्छु । यसो गर्दा आफूले गलत गरेँ भन्ने खालको भावना पनि आउँछ । हस्तमैथुन गर्दा शाारीरिक रूपमा कमजोर भएको पनि महसुस गर्छु । बढ्दो उमेरमा यौनसम्पर्कले के–कस्ता समस्या निम्त्याउन सक्छन् ?

– करुणा कुँवर, मनोविद्                                                                                                            यौनसम्पर्कले मानिसलाई कमजोर बनाउँदैन, बरु अझ फुर्तिलो र तन्दुरुस्त राख्छ । मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो ? यौनसम्पर्कबाट तपाईंले कत्तिको सन्तुष्टि प्राप्त गरिरहनुभएको छ ? तपाईंको मनोदशा कुन अवस्थामा छ भन्ने कुरा नै महत्वपूर्ण विषय हो ।
तपाईंको कुरा सुन्दा तपाईंमा यौनमा रुचि छ भन्ने देखिन्छ । यौनमा तपाईंको रुचि हुनु र श्रीमतीमा रुचि नहुनु तपाईंको समस्या होइन । न त तपाईंको श्रीमतीको समस्या नै हो । कसैको शरीरले चाँडै यौनको बाटो त्याग्छ, कसैलाई अलि लामो समयसम्म यसले साथ दिन्छ । तपाईंले यौनमा अत्यधिक सन्तुष्टि लिइरहनुभएको बुझिन्छ । अन्यथा श्रीमतीको अभावमा पनि तपाईंले त्यसको मात्रा बढाउनुहुन्नथ्यो । स्वस्थ र नियमित यौनसम्पर्कले मानिसलाई अझ जाँगरिलो, जोसिलो र फुर्तिलो राख्छ । चाहे त्यो हस्थमैथुन नै किन नहोस् । हाम्रो धर्मशास्त्र, सामाजिक बन्धन एवं प्राचीन दर्शनले हामीलाई यौनबाट टाढा बस्ने निर्देशन दिएका कारण तपाईंको मनमा अपराध भाव उत्पन्न भएको हुनसक्छ । वास्तवमा कुन कुरा ठीक हो र कुन कुरा गलत हो भन्ने कुरा बाहिर लेखिएका वा भनिएका कुरा आफ्नो स्थानमा ठीक हुन सक्छन् तर ती कुरा तपाईंको शरीर र मनसँग मेल खान्छन् कि खाँदैनन्, त्यो महत्वपूर्ण कुरा हो ।

नियमित यौनसम्पर्कले मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक तनाव घटाउँछ । सन्तोषजनक रवं स्वस्थकर यौन सम्पर्कबाट कुनै पनि जोडीले भोलिपल्ट तनाव घटेको महसुस गरेको पाइएको छ । त्यस्तै हस्तमैथुनबाट चरम आनन्द लिने मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको अध्ययनहरूले देखाएका छन् । बेलायतमा गरिएको एक अध्ययनले त यी दुवै आनन्द लिने विधि प्रयोग गर्नेहरूको मृत्युको दर ५० प्रतिशतले कम रहेको औंल्याएका छन ।

यौनक्रियामा दुईजनाको सक्रिय सहभागिता हुनु राम्रो हो, तर दुबै जना सक्रिय नभएको अवस्थामा हस्तमैथुन राम्रो विकल्प हो । तपाईंले यसमा अपराधबोध गर्नुपर्ने कुनै कारण छैन । उमेरका कारण केही वर्षपछि तपाईंको यौनेच्छा आफैं कम हुँदै जान्छ । त्यतिबेला मैले अनावश्यक तनाव लिएको रहेछु भन्ने तपाईंले आफैं महसुस गर्नुहुनेछ । विभिन्न अध्ययनले पनि बुढेसकालमा बेला–बेलामा यौनेच्छा सक्रिय हुने देखिएको छ । यस्तो सक्रियता केही वर्ष रहन्छ र आफैं बिस्तारै कम हुँदै जान्छ । त्यसैले यसमा चिन्ता लिनुपर्ने आवश्यकता छैन । तपाईका यौन स्वाथ्य र प्रजननसंग सम्बन्धित समस्याको समधान गर्न हामीले यो सामग्री साप्ताहिक बाट लिएका हौँ ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७३०८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान ! भूँइचम्पा र पटाकाबाट क्यान्सर हुने