मलाई कण्डम लगाएर यौनसम्पर्क गर्दा सन्तुष्टी मिल्दैन किन ?

condom-4कण्डम लगाएर यौन सम्पर्क गर्दा सन्तुष्टी हुँदैन । त्यसैले म मेरो यौन साथीसंग गर्भ नरहने गरी यौन सम्बन्ध राख्न चाहन्छु ?
>>>                                     कण्डम लगाएर यौन सम्पर्क राख्दा सन्तुष्टी नहुने भन्ने चै हँदैन । कण्डम पातलो प्लाष्टीकबाट बनेको हुन्छ । त्यसकारण कण्डम लगाएको कुनै अुनभुती हुँदैन । तपाईले यौन सम्बन्ध राख्ने बेलामा मैले कण्डम लगाएको छु ,सन्तुष्टी हुन्न भनेर सोच्नुृ भयो भने केही मात्रामा नहुन पनि सक्छ । कण्डम लगाएकै भरमा यौन सन्तुष्टी नहुने भन्ने चाहिं हुँदैन र तपाईको पार्टनरलाई पनि त्यस्तो लाग्दैन । अनि तपाईको यौन पार्टनर गर्भवती नहुने गरी यौन सम्बन्ध राख्न चाहनुहुन्छ, एक जनालाई मात्रै पार्टन बनाउदै आईरहनु भएको छ भने तपाईको यौन साथीले अरु परिवार नियोजनको साधान प्रयोग गर्न सक्नुहुन्छ । जस्तै कपर्टी, खाने चक्की पिल्स, पाखुरामा राखिने इम्प्लान्ट अनि तीन महिने सुई पनि प्रयोग गर्न सक्नुहुन्छ । कण्डम प्रयोग गर्दा बच्चा नहुने मात्र होईन यौन रोगबाट पनि बचिन्छ । त्यसैले कण्डम प्रयोगले तपाईं र तपाईंको साथी दुवैका लागि राम्रो हो ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७३०६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेरी गर्लफ्रेण्डले मैले भनेको सबै कुरा मान्छिन । तर, जब यौन प्रस्ताव राख्छु, उनी मान्दिनन्