के गुणस्तरीय सम्बन्धका लागि छिट्टै यौनसम्पर्कमा पुग्नु नराम्रो हो ?

sexम २२ वर्षीय युवा हुँ । कलेज पढ्ने क्रममा एक युवतीसँग नजिक भइयो, चाँडै नै यौनसम्पर्क पनि भयो । यौनसम्पर्कपछि उनलाई केही पश्चाताप महसुस भएको मैले महसुस गरेको छु । मैले सुनेको छु, चिनजान हुनासाथ यौनसम्पर्क गरिहाल्नु राम्रो होइन । मैले यही कुरा उनलाई पनि भनेको छु । यद्यपि उनी केही खिन्न देखिन्छिन् र अर्को यौनसम्पर्कप्रति त्यति उत्साहित देखिन्नन् । यसले यौनसम्पर्कका लागि उपयुक्त वातावरण बनाउनु पर्ने थियो भन्ने मलाई लाग्छ । मलाई अहिले छिटो यौनसम्पर्कमा पुगेकाले उनले मलाई शंका गरिरहेको हो कि जस्तो लाग्छ । के गुणस्तरीय सम्बन्धका लागि छिट्टै यौनसम्पर्कमा पुग्नु नराम्रो हो ?

तपाईंहरू दुवै जना कलेज अध्ययन गर्ने युवा हुनुहुँदो रहेछ । यस्तो बेलामा तपाईंहरू विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक हो । तपाइर्ंहरूलाई नजिक हुनासाथ यौनसम्पर्कमै पुगिहालियो, यसले अध्ययनमा वा समाजमा वा परिवारमा असर पार्ला कि भन्ने चिन्ता बढ्न थालेको पनि देखिन्छ, साथै निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ यौन सम्पर्कमा पुगिहालेकाले प्रेमिकालाई केही आत्मग्लानि भएको हुनसक्छ । त्यो कुरा तपाईंले संकेतका रूपमा पाउनुभएको छ र त्यसले तपाईंलाई छटपटी गराएको छ । तुरुन्तै यौनसम्पर्क भैहालेकाले पनि छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले बचाएर राखेको कुमारित्व भंग भएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपाईंहरूको छटपटाहटमा यस्ता थुप्रै पक्षको भूमिका रहन्छ ।

पछिल्लो समय बिर्मङघम विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौन सम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन एवं गुणस्तरीय सम्बन्धमा असर पार्छ । उक्त अध्ययन १० हजार जनामा गरिएको थियो र उनीहरूमध्ये ४७ दशमलव ९ प्रतिशतले चिनजान भएको केही समयपछि हुने यौनसम्पर्कले यौनको आनन्द र जोडीको गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै ३५ दशमलव ५ प्रतिशतले पहिलो डेटिङमै यौनसम्पर्क हुँदा पनि राम्रै हुने प्रतिक्रिया दिएका छन् । अनुसन्धानकर्ताहरूले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्बन्ध नै बिग्रने भनेका छैनन्, तर उनीहरूको भनाइमा गुणस्तरीय यौनसम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटक-पटकका डेटिङपछि मात्र त्यस्तो सम्बन्ध उपयुक्त हुन्छ । मनोवैज्ञानिक हिसाबले हेर्दा जसरी तपाइर्ंहरू अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरूका बीच केही असहज वातावरण बनेजस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको देखिन्छ । एउटा कौतूहल शान्त पार्ने क्रममा अझ थप छटपटी पैदा भएको छ । हरेक कुरा स्वाभाविक ढंगले अघि बढेको खण्डमा त्यसले नतिजा पनि राम्रो दिन्छ ।

एक-अर्कालाई बुझ्न, सामाजिक संस्कार र नियम-कानुनले दिने अनुमति, पारिवारिक स्वीकृतिजस्ता पक्षहरूलाई सहज बनाउन केही समय लाग्छ । एक-अर्कालाई बुझ्ने, यौनसम्पर्कका सकारात्मक-नकारात्मक पाटाको अध्ययन-विश्लेषण गर्ने, भविष्यको के-कस्तो योजना बनाउन लागिएको हो, त्यसका बारेमा स्पष्ट हुने, जीवनका उच्च प्राथमिकता तथा न्यून प्राथमिकताहरूका बारेमा बोध गर्ने एवं आपसमा सञ्चार गर्ने कामले सामीप्यता बढाउँछ अनि प्रेमसम्बन्ध पनि घनिभूत हुन्छ । तपाईं आफ्नी प्रेमिकालाई पहिलो यौनसम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई बढी छटपटिनुभएको हुन सक्छ । यसका लागि तपाईंले उनीसँग स्पष्ट कुराकानी गरी पछिका दिनहरूमा सहमतिमा अघि बढ्न सकिने कुरा बताउनुपर्छ अर्थात् आफ्नी प्रेमिकाको प्रतिक्रिया के छ भन्ने स्पष्ट रूपमा थाहा पाउनुहोस् । समाधान त्यही निस्कन सक्छ । उनलाई नराम्रो असर परेको छ भने पनि आपसमा छलफल गरेर खुलस्त पार्न सकिन्छ । यसले दुवैलाई थप नजिक ल्याउन मद्दत पुर्‍याउँछ । यो लेख हामीले बिगुल न्युजको लागी साप्ताहिकबाट लिएका हौँ ।                                                                     – करूणा कुँवर, मनोविद्

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७३१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छोटा पहिरन लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ!!!!!!