छोटा पहिरन लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ!!!!!!

म २९ वर्षीय विवाहित पुरुष हुँ । मलाई छोटा पहिरन तथा स्वीमिङ ड्रेस लगाएका महिलाहरूलाई हेरिरहन मन लाग्छ र त्यसबाट यौन उत्तेजनासमेत महसुस हुन्छ । यस्तो कुरा विवाहपछि हट्छ कि जस्तो लाग्थ्यो तर हटेन । म श्रीमतीसँग भने सन्तुष्ट छु, तर मलाई किन यस्तो भएको होला भनेर दुविधा हुन्छ ? कृपया मेरो समस्याका बारेमा प्रस्ट पारिदिनुहोला ।

तपार्इंले अनुभूति गरेको कुरामा तपाईंको मनमा विभिन्न दुविधा भएको महसुस भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपार्इंमा उब्जिएको दुविधा पछि गएर मनोरोगमा परिणत हुन सक्छ । पछि गएर महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंको दुविधाले चाहिँ तपाईंको दैनिक जीवनलाई असर गर्न थाल्छ ।

त्यसले श्रीमतीसँगको सम्बन्धमा पनि असर पार्न सक्छ । तपाईंको कुराअनुसार अहिलेसम्म तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो छ, त्यसैले तपार्इंले हाल महसुस गर्नुभएको दुविधा अनि महिलाप्रतिको आफ्नो अनुभूति आफ्नी श्रीमतीसँग बाँड्न सक्नुहुन्छ ।

पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख एवं पुस्तकहरूमा चर्चा हुने गरेको पाइन्छ । ती लेखमा पुरुष नै महिलाभन्दा बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख भएको देखिन्छ । पुरुषहरूमा यसरी बढी यौन उत्तेजना हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गिक भूमिकाको अपेक्षा तथा यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ । यो विषयमा धेरैले चर्चा गरिरहने हँुदा यससम्बन्धी अनेकन् अनुसन्धान पनि भएका छन् ।

टपटेन रिभ्यू डटकमअनुरूप गएको वर्ष ४० करोड वयस्कले पोर्नाेग्राफी वेबसाइट हेरेका थिए, जसमध्ये ७२ प्रतिशत पुरुष तथा २८ प्रतिशत महिला भएको बताइएको छ । विभिन्न प्रोयोगात्मक अध्ययनले महिलाभन्दा पुरुषमा देखेर हुने यौन उत्तेजना बढी हुने कुरा बताइए पनि त्यस्तो किन भएको हो भन्ने कुराचाहिँ अझै अनुसन्धानकै विषय रहँदै आएको छ ।

अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने दृश्य देखाइएको थियो र दुवैमध्ये कसमा बढी उत्तेजना हुन्छ भनेर यौन उत्तेजना मापन गर्ने यन्त्र जडान गरिएको थियो । त्यस क्रममा यन्त्रको प्रयोगमार्फत उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह, मुटुको गति, रक्तचाप, यौनाङ्गको प्रतिक्रिया कति हुन्छ भनेर मापन गरिएको थियो । यसरी गरिएको अनुसन्धानले महिला तथा पुरुष दुवैमा एकै किसिमको प्रतिक्रिया अनि यौन उत्तेजना पनि बराबर भएको पाइयो ।

उक्त अनुसन्धानले महिला र पुरुष दुवैमा देखेर हुने यौन उत्तेजना र दृष्टि क्षमता बराबर हुने कुरालाई पुष्टि गर्‍यो । धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छा अभिव्यक्त गर्ने कुरालाई पापका रूपमा लिइन्छ त कतै त्यो सामाजिक रूपमा स्वीकार्य हुँदैन । कतिपय समाजमा यदि महिलामा यौनइच्छा जागृत भयो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौनइच्छा व्यक्त गर्दैनन् । त्यसैले पनि कतिपय लेख वा पुस्तकले महिलामा देखेर हुने यौन उत्तेजनाको क्षमताका बारेमा ठोस रूपमा उल्लेख गर्न नसकेका होलान् ।

तपार्इंले बुझ्नैपर्ने अर्को कुरा के हो भने तपाईंमा छोटा पहिरन वा स्वीमिङ ड्रेस लगाएका महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो ? तपाईंले यसमा पनि प्रस्ट हुनु आवश्यक छ । यदि त्यस्ता महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ र यसले तपाईंको करियर एवं व्यक्तित्वमै आघात पुर्‍याउन सक्छ । आफ्नो समस्याको पहिचान समयमै गर्न सके तपाईंलाई सजिलो हुनेछ । यो लेख हामीले बिगुल न्युजको लागी साप्ताहिकबाट लिएका हौँ ।                                                                           – करूणा कुँवर, मनोविद्

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७३१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हस्तमैथुनको इतिहास