महिलाको भित्रीवस्त्र ‘ब्रा’ अत्यधिक घातक !

braकाठमाडौं, कात्तिक  ५ – गत अक्टोबर १३ मा विश्वका कतिपय देशमा स्वास्थ्यका विषयमा जागरुक र जानकारी राख्ने व्यक्तिहरूले ‘नो ब्रा दिवस’ मनाए । यो दिवसमा अभियन्ताहरूले क्यान्सरको अनुसन्धानका लागि कोष संकलन समेत गर्ने गरेका छन् ।

महिलाहरूले स्तनको सुरक्षा र शोभाका लागि लगाउने ब्रा विभाजित गर्ने वस्त्र हो । कतिपयले यो कुनै अर्थ नभएको वस्त्रका रूपमा बुझ्ने गरेका छन् भने कतिपयले यसलाई मुक्तिको वस्त्रका रूपमा बुझ्ने गरेका छन् । तर वैज्ञानिक यसको अनुसन्धान र परिणामचाहीँ केही वर्षअघि मात्र बाहिर आएको छ ।

खेल वैज्ञानिक तथा अध्येता जिँ डेनिस रोलिन (उनी फ्रांके कोम्ते विश्वविद्यालयका प्रोफेसर पनि हुन्)ले ब्राको प्रभाव र असरका बारेमा १५ वर्षसम्म अध्ययन गरे । यो अध्ययनमा १८ वर्षदेखि ३५ वर्षसम्मका तीन सय तीस युवतीहरूको अध्ययन गरिएको थियो ।यो अध्ययन विश्वविद्यालयको अस्पतालमा नै गरिएको थियो । महिलाहरूले प्रयोग गर्ने ब्रामा नै खास प्रकारको रुलर र व्यास नाप्ने विशेष किसिमको यन्त्र जडान गरिएको थियो । यसबाट महिलाहरूको स्तनमा विभिन्न समयमा भएका परिवर्तनहरूको रेकर्ड राख्ज सहज हुन्थ्यो ।

यो अध्ययनबाट के पत्ता लाग्यो भने सानो उमेरबाट ब्रा लगाउन थालेको कारण न स्तनलाई सपोर्ट नै गर्छ न ढाड दुख्नबाट बचाउँछ, न स्तन झोल्लिनबाट नै बताउँछ । ‘चिकित्सीय रूपमा, शरीरकृया विज्ञानका अनुसार र शरीरविज्ञानका दृष्टिले पनि स्तनलाई गुरुतावकर्षणबाट रोक्दा कुनै फाइदा छैन । तर परम्परागत विश्वासको विपरीत ब्राले स्तनलाई झनै झोल्लिने बनाउँछ , ’ प्रोफेसर रोलिनले फ्रान्स इन्फोलाई दिएको एक अन्र्तवार्तामा बताएका छन् ।

अध्येताहरूले बताएका छन् कि ‘बरु ब्रा प्रयोग नगर्दा किशोरीहरूले स्तनमा बढी हावा र उत्तिकै कपडाको सपोर्ट पाउनेथिए।’ अध्ययनका क्रममा युवती जसले आफ्नै इक्षाले ब्रा लगाउन छाडे, उनीहरूको ब्रा लगाउनेहरूको तुलनामा स्तनको निप्पल (मुण्टा) ०.३ इन्च बढ्यो । अध्ययनकर्ताहरूको दाबी छ , ब्राले उल्टै स्तनको विकाशमा बाधा गर्छ । यसले रक्त सञ्चालन र स्तनको आकारमा दीर्घकालीन असर पार्छ ।

‘हुर्कँदै गरेका युवतीहरूले ब्रा नलगाउँदा स्तनमा कोल्याजन नामको तत्व बढ्छ र त्यसले स्तनमा लचिलोपना समेत बढाउँछ,’ डा. स्ट्याफोर्ड ब्रोउमाण्डले भनेका छन् । यद्यपि उनी यस अध्ययनमा संलग्न थिएनन् । ख्याल गर्नुपर्ने कुरो के छ भने धेरै युवतीहरूले ब्रा लगाउनुमा अनेक कारण छन् । कतिपय स्वास्थ्य सचेत युवती तथा सेलिब्रिटीहरू स्तनमा कुनै विशेष पहिरन आवश्यक नभएको भन्दै यो भित्रिवस्त्रमा रुचि राख्दैनन् ।

स्मरण रहोस्, क्यान्सर डट ओआरजीले समेत आफ्नो वेबसाइटमा उल्लेख गरेको छ की, ब्राका प्रयोग गर्ने महिलाहरूमा भन्दा ब्रा प्रयोग नगर्ने महिलाहरूमा क्यान्सरको जोखिम कम भएको बताएको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७३११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भेट्न मात्र गएकी थिएँ तर यौनसम्बन्ध भयो !