‘ब्लु बल्स’ अर्थात् लिङ्ग उत्तेजित हुँदा अण्डकोष दुख्ने समस्या किन हुन्छ ? २ उपचार बिधिसहित

पुरुषमा हुने यौन असन्तुष्टीको शारीरिक प्रतिफल हो ‘ब्लु बल्स’। अर्थात् बुझ्ने भाषामा भन्नु पर्दा उत्तेजित हुँदा पुरुषको अण्डकोष दुख्ने समस्या नै ब्लु बल्स भनिन्छ । यदि तपाइँलाई यौन उत्तेजना बढेको समयमा अण्डकोष एकदमै नराम्रोसँग दुख्ने, अण्डकोष पनि सुन्निने र  अण्डकोषको रंग पनि गाढा रातो वा कालो भएको खण्डमा ब्लु बल्सको समस्या भएको बुज्दा हुन्छ। यो समस्या अत्यधिक पुरुषहरुमा देखिने गर्दछ ।

pee-painयदि तपाईलाई कुनै बेला यौन उत्तेजना चरम हुँदा पनि शारीरिक सम्पर्क भएन वा वीर्य स्खलित हुने मौका पाएन भने अण्डकोष दुख्ने गर्छ । यस्तो समयमा यौन अगं अर्थात् लिङ्गमा रगतको चाप अत्यधिक हुन्छ र दवाव कम नहुँदा यस्तो समस्या हुन्छ। यो विषयमा खासै विस्तृत विवरण भेटिएको छैन । तर यस्तो समस्याबाट बच्नको लागि यौन अंगमा रगतको दवाव कम गराउनु पर्ने हुन्छ। तपाईमा यस्तो उत्तेजना भयो र यौन सम्पर्क हुने वातावरण नमिलेको अवस्थामा सबैभन्दा उपयुक्त उपाए अथवा उपचार हस्तमैथुन गर्नु नै हो।

यस्तो गर्दा वीर्य स्खलित हुन्छ र लिङ्गमा रगतको दवाव कम हुन गई ब्लु बल्सको समस्या देखा पर्न  पाउँदैन। अर्को उपाय भनेको केही गह्रौ वस्तु उचाल्ने वा कसरत गर्ने, सम्भव भए लिंगमा चिसो पानी हाल्ने, यस्तो गर्दा पनि रगतको प्रवाह शरिरको अन्य अंगमा बढ्न गई यो समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, असोज ०७, २०७३०९:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जानिराखौ युरिक एसिड बाट बच्ने उपायहरु