जानिराखौ युरिक एसिड बाट बच्ने उपायहरु

मानिसहरुले खानपिनमा ध्यान नदिदा युरिक एसिडले एकदमै सताई रहेको हुनसक्छ । उमेरको साथसाथै यसको मात्र पनि बरदै जान सक्ने सम्भावना हुन्छ  ।यसलाई समयमा उपचार गरिएन भने जोर्नी हरु दुख्ने , किड़नीमा स्टोन हुने ,डायबिटीज हुने ,रगतहरु विकारयुक्त हुने आदि समस्या देखिने हुन्छ ।

यसबाट छुट्कार पाउनको लागि अपनाउनु पर्ने उपायहरु :-

  1. युरिक एसिड बढ्यो भने माछा मासु खानु हुदैन । माछा मासुको परिकार खानाले युरिक एसिड अध्याधिक मात्रामा बद्न जान्छ ।
    2. युरिक एसिड बढ्यो भने अण्डा खानु हुदैन। यसमा प्रोटिन पाइने हुदा युरिक एसिड बदाउछ ।
    3. युरिक एसिड बढ्यो भने जंकफूड, फास्ट फूड, सोडा, पेय पदार्थ खानु हुदैन ।यसले पाचन प्रक्रिया मा असर पुर्याउछ। र

4. युरिक एसिड बद्न जान्छ ।
5. चामल ,आलु, खुर्सानी ,पिरो अमिलो, तेलमा तारेका पुरी ,आदि खानेकुराहरु खानु हुदैन। यसले पनि युरिक एसिड बदाउन मदत गर्दछ ।
6. अल्कोहल ,बियर पिउनु हुदैन ।यो पेय पदार्थ पिउने ७० प्रतिशत मानिस लाइ युरिक एसिडको समस्याले सताउने गर्दछ ।

यूरिक एसिडका लक्षणहरु :
1. हातखुट्टाका जोर्नीहरु दुख्नु ।
2. जोर्नीहरू बिहान र बेलुका बढी दुख्नु ।
3. कुनै ठाउमा लामो समय सम्म बसेर उभिदा एकदमै जोर्नी दुख्नु केहि समय पछि सामान्य हुनु ।
4. सुगर लेबल बढ्नु ।

प्रकाशित : आइतबार, असोज ०९, २०७३०६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिर्गौला रोगका लागि आयुर्वेदिक उपचार वरदानसावित