बिहानै खाली पेटमा चिया पिउनुका बेफाइदाहरु, जानी राखौं

Milk-Teaबिहानै उठेर चिया पिऊने प्राय: हामी सबैको बानी हुन्छ । तर हामीमध्ये धेरैलाई थाहा पनि नहुन सक्छ खालिपेटमा चिया पिउनु हानिकारक छ । हालै गरिएको एक अध्ययनले पनि खाली पेटमा चिया पिउनु राम्रो नहुने प्रमाणित गरेको छ । विशेष गरी गर्मी मौसममा खाली पेटमा चिया पिउदा स्वास्थ्यमा हानि हुने समेत अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तसर्थ बिहान चिया पिउने नै हो भने तपाईले विहान उठेर हल्का नास्ता खाइसकेपछि मात्र चिया पिउने गर्नुहोस् ।

यस्ता छन् विहान उठेर खाली पेट चिया पिउदा हुने हानीहरुः

  •  विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ ।
  •  यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ ।
  •  कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।
  • सामान्यतया ब्ल्याक टि लाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् ।
  • अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन रिसाउने स्वाभाव आदि आउँछ ।

एजेन्सीको सहयोगमा

प्रकाशित : आइतबार, भदौ १९, २०७३०४:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण पनि अण्डा ताजै खानुपर्छ