यसकारण पनि अण्डा ताजै खानुपर्छ

एजेन्सी – अण्डामा भिटामिन ए, डी, बी १२ का साथै रिबाफ्लेबिन, फस्फोरस तथा आँखालाई फाइदाजनक हुने तत्व पाइन्छन् । यस्तै, मानिसको तौल सन्तुलित राख्न पनि अण्डा लाभदायी हुन्छ ।

Eggअण्डा खानाले भोक मर्छ र बढी खाना खानबाट बच्न सकिन्छ । एउटा अण्डामा ७० क्यालोरी र ६ ग्राम प्रोटिन हुन्छ । यसकारण यसलाई न्यून क्यालोरीवाला खाना पनि भन्न सकिन्छ । अण्डामा हुने सेतो भागमा अल्बुमिन नामक प्रोटिन भरपूर मात्रामा पाइन्छ । बिहानको समयमा शरीरलाई यस्तो प्रोटिन आवश्यक हुन्छ । यसले दिनभर मानिसलाई उर्जावान राख्न मद्दत गर्छ । यसमा क्याल्सियमका साथै भिटामिन डि पनि पाइने भएकाले हड्डीलाई पनि मजबूत पार्छ । हाम्रो शरीरलाई भिटामिन डि सूर्यको किरण र केही खानाबाट मिल्छ, त्यसमध्ये अण्डापनि एक हो । विश्वमा विभिन्न पंक्षीका विभिन्न थरि र रंगका अण्डा पाइन्छन् ।
फाइदाजनकका हिसाबले रंगले कुनै असर पार्दैन । सबै खालमा समान रुपमा पोषक तत्व पाइन्छन् । एउटा ठुलो खालको अण्डामा १।५ ग्राम स्याचुरेटेड फ्याट, १।८ ग्राम मोनोस्याचुरेटेड फ्याट र एक ग्राम पोलिस्याचुरेटेड फ्याट पाइन्छ । यसका अलावा १८५ मिलिग्राम कोलेस्टेरोल हुन्छ । सन् २०१० को डाइटरी गाइडलाइन एडभाइजरी संस्थाले जनाएअनुसार मानिसको शरीरलाई नियमित तरिकाले ३०० मिलिग्राम कोलेस्टेरोल आवश्यक पर्छ, योभन्दा बढी कोलेस्टेरोलले मुटुको समस्या निम्त्याउने डर हुन्छ । यदि दैनिक एउटा अण्डा खानुहुन्छ भने थप कोलेस्टेरोलको पनि जरुरत पर्दैन, मुटुको समस्या पनि निम्तदैंन । तर, फार्मबाट निकालिएको ३ साताभित्र प्रयोग गरिएको अण्डामात्र फाइदाजनक हुन्छ भन्ने कुरालाई भने बिर्सनुहुँदैंन ।

यदि लामो समयसम्म अण्डालाई बाहिरी तापमानमा राखिन्छ भने अण्डाको पौष्टिकता नष्ट हुन्छ । यसकारण अण्डा ताजै खानुपर्छ ।

 

प्रकाशित : आइतबार, भदौ १९, २०७३०७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किन हुन्छ ? राती ढिला सुत्नेहरूलाई मधुमेह हुने धेरै खतरा