धेरै आलु खाने महिलाहरुमा गर्भावस्थाको समयमा मधुमेह हुने धेरै सम्भावना रहने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुले आलुको स्थानमा अन्य तरकारीहरु खान सुझाव दिएका छन् । गर्भावस्थामा हुनसक्ने स्वास्थ्य समस्या मध्ये मधुमेह पनि एक प्रमुख समस्या हो । गर्भावस्थामा गर्भवती महिलाको रगतमा चिनीको मात्रा बढ्न गएमा भविश्यमा आमा र बच्चा दुवैमा समस्या हुन सक्दछ ।
यूएस नेशनल इन्ष्टिच्यूट अफ हेल्थ र हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुले १९९१ देखि २००१ सम्ममा १५००० महिलामा अध्ययन गरेको थियो । जसमा गर्भावस्थामा मधुमेह देखिएका महिलाहरुमा गर्भावस्था अघि मधुमेह देखिएको थिएन । यो अध्ययनको बारेमा ब्रिटिश मेडिकल जर्नल विएमजेमा उल्लेख छ ।
एजेनसीको सहयोगमा