के तपाइँलाई थाहा छ, यस्ता छन् अदुवा सेवनका आश्चर्यजनक १० फाइदाहरु

Ginger-aduwaउखानै छ मूला खाई वन पस्नु अदुवा खाई सभा बस्नु यही उखानले पनि अदुवाको महत्व दर्साउँछ । अदुवा सेवन गर्नुका फाइदा धेरै छन्  स्वाद मात्र हैन स्वास्थ्यलाई पनि फाइदा गर्छ । यसमा पाइने जिजोवेरीन तथा जिजीवराल जस्ता तत्व ले गर्दा मानव स्वास्थ्यमा सकारात्मक असर गर्ने गर्दछ । अदुवा तातो प्रकृतिको चिज हुनाले कफ,बाथ,सर्दी आदिमा अदुवाको सेवन एकदमै फाइदाजनक हुन्छ । यसले रक्तसञ्चार प्रणालीलाई सकृय वा उत्तेजित बनाउँछ । साथै न्यून रक्तचाप र चिसो प्रकृतिको शरिरहुने हरुका लागि यो अत्यन्तै लाभकारी हुन्छ । रुघाखोकी,दम,झाडापखाला आदिमा समेत अदुवाको प्रयोग गरिन्छ ।

१. अदुवाको रस पुरानो गाइको घ्यूमा कपुरसँग मिसाई छातीमा मालिस गरेमा यसले निमोनिया समेत निको पार्दछ ।

२. दमका रोगीले सिधेनुन,पिप्लाको चूर्ण,अदुवाको रससँग बेलुका बेलुका सेवन गरेमा दमरोग निको हुन्छ ।

३. यदि चिसोका कारण दाँत दुखेको हो भने एक टुक्रा अदुवा दाँतमा च्यापेर बस्दा ठिक हुन्छ ।

४. चिसोका कारण खोकी लागेको हो भने १ चम्चा अदुवाको रसमा मह मिलाई सेवन गर्नाले खोकी निको हुन्छ ।

५. अपच भएमा हर्रो,अदुवाको सुठो र सिधेनुनको धुलो तातोपानीमा घोलेर खाएमा ठिक हुन्छ ।

६. अन्डकोष बृद्धि भएमा २० ग्राम अदुवाको रसमा २ चम्चा मह मिलाइ सेवन गर्नुपर्दछ । यसरी सेवन गर्नाले वातक अन्डकोष बृद्धि ठिक हुन्छ ।

७. पिप्ला र सुठोको पेष्ट बनाएर दिनहु सेवन गर्नाले बाथरोग निको हुन्छ ।

८. यदि कसैलाइ खाना खाना नरुच्ने रोग छ भने अदुवाको धुलो २ र ३ ग्राम केही दिनसम्म तातो पानीमा सेवन गर्नाले यसले भोक जगाउँछ ।

९. अदुवा १० ग्राम,आँकको जरा १० ग्राम पिसेर मरिच जत्रै गोली बनाई तातो पानीसँग सेवन गरेमा हैजा निको हुन्छ ।

१०. हरेक भोजनको सुरुवातमा अदुवाको टुक्रा र सिधे वा विरेनुनमा चोपेर सेवन गर्ने वानीले वा चट्नी सेवनले जिव्रो र घाँटीको शुद्धि,पाचनकृया प्रदिप्य र ह्रदय बलवान हुन्छ ।

प्रकाशित : शनिबार, भदौ १८, २०७३१२:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहानै खाली पेटमा चिया पिउनुका बेफाइदाहरु, जानी राखौं