होस् गर्नुहोस ! दिनदिनै नुहाउँदा पनि रोग लाग्छ

के तपाईं प्रत्येक दिन नुहाउनुहुन्छ कि केही दिनको अन्तरालमा ? ‘बेडसिट’ प्रत्येक साता बदल्नुहुन्छ कि मैलो नभएसम्म एउटै प्रयोग गर्नुहुन्छ ? तपाईंको तौलिया कस्तो छ ? पुरानो कि नयाँ ?

हो, सरसफाइको प्रसंग आउँदा हामी सचेत हुन्छौँ । हाम्रो घरमा प्रयोग हुने साबुनमा ब्याक्टेरियारोधक क्षमता हुन्छ । ९९।९ प्रतिशत कीटाणु नाश गर्ने साबुन प्रयोग गर्ने भएकाले नै हामी स्वस्थ छौँ भन्ने सोच्नुहुन्छ भने पर्खनुहोस् । यो आमधारणा गलत भएको वैज्ञानिकले पत्ता लगाएका छन् । नयाँ सोधअनुसार वैज्ञानिकले सरसफाइमा धेरै ध्यान दिँदा पनि दम तथा एलर्जी हुने सम्भावना अत्यधिक हुन्छ । २० वर्षयता यस्ता समस्या अत्यन्त धेरै बढेको वैज्ञानिकहरू बताउँछन् ।

सरसफाइका लागि हामीले प्रयोग गर्ने साबुन तथा अन्य ‘क्लिनर्स’का कारण उपयोगी ब्याक्टेरिया पनि नाश हुने भएकाले रोगप्रतिरोधी क्षमता पनि घट्ने वैज्ञानिकले बताएका छन् । शरीरका लागि उपयोगी यस्ता ब्याक्टेरिया हामीले सफाइमा ध्यान दिँदा नष्ट हुने र त्यसले झन् समस्या निम्त्याउने भन्दै वैज्ञानिकले सकेसम्म कम साबुन र अन्य ‘क्लिनर्स’ प्रयोग गर्न सुझाब दिएका छन् । उनीहरूले घरपालुवा जनावरसँग नजिक हुँदा पनि मानिसका लागि विभन्न समस्या हट्न सक्ने बताएका छन् ।

प्रकाशित : आइतबार, भदौ १२, २०७३१०:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लभ: परेपछि केटीले देखाउने यस्ता छन् पाँच ब्यवहार