पुरुषहरुको अन्डकोष किन सुन्निन्छ ? के हस्तमैथुन गर्नाले त होईन, कुनै उपचार छ कि छैन ? (जानी राखौं )

अण्डकोष पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो र यसले शुक्रकीट तथा पुरुषत्व प्रदान गर्ने हार्मोनको उत्पादन गर्छ । अण्डकोष लिङ्गको फेदनिर झुन्डिएको छालाको पातलो थैली अण्डकोष थैली भित्र हुन्छ । अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई जानकारी नहुन सक्छ । स्वभाविक रूपमा नै यी दुई सुन्निने अनि दुख्ने कारण पनि केही फरक हुन्छ । यस्तै १०–११ वर्षको उमेरदेखि अण्डकोषको विकास सुरु हुन्छ र किशोरावस्था भरी निरन्तर जारी रहन्छ । यो अलि चेप्टो अण्डा आकारको हुन्छ । सालाखाला १० देखि १४ ग्राम तौल भएको यो अङ्गको आयतन सालाखाला ४ X ३ X २ दशमलव ५ सेन्टिमिटर हुन्छ । यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो ।

अण्डकोष किन दुख्छ  
अण्डकोषको दुखाइ भन्नाले दुवै वा कुनै एक अण्डकोषको पूरै वा केही भागमात्र भए पनि दुख्नुलाई जनाउँछ । फरक भए पनि अण्डकोष थैलीको दुखाईको कुरा पनि कतिपय स्थितिमा मिसिएर आउँछ । अण्डकोष दुख्ने कारणहरूलाई छोटकरीमा सूचिकृत गर्ने हो भने चोटपटक, संक्रमण तथा अण्डकोष बेरिने इत्यादिलाई लिन सकिन्छ । अण्डकोषको पीडा एकदमै संवेदनशील हुन्छ । अण्डकोष बेरिने स्थितिमा सुन्निनुका साथै एकदमै दुख्छ । यो एउटा आपत्कालीन स्थिति हो जुन तपार्इंलाई भएजस्तो बुझिँदैन । संक्रमणको कुरा हुन सक्छ । यस्ता संक्रमण विषाणु वा जीवाणु दुवै कारणले हुन सक्छ । यस्ता संक्रमणमध्ये केही यौन रोग पनि हुन सक्छन् । तपाईंले अहिलेसम्म यौनसम्पर्क राख्नु भए–नभएको कुरा उल्लेख गर्नुभएको छैन । यौनसम्पर्कको माध्यमबाट सर्ने संक्रमणलाई संक्रमित यौनरोग भनिन्छ । हाँडे आएपछि पनि अण्डकोषको संक्रमणले अण्डकोष दुख्ने र सुन्निने हुन सक्छ ।

अण्डकोषको शोथका साथसाथै अण्डकोषनजिकै रहने अर्को अङ्ग इपिडिडाइमिसको शोथ तथा पौरुष ग्रन्थिको शोथका कारणले पनि अण्डकोष दुख्न सक्छ । भ्यारिकोसिल भने विशेष गरेर दाहिनेतिर नभई बायाँतिर हुन्छ । यो रक्तनसामा रगत बढी भरिने कारणले हुन्छ । यो स्थितिमा दुख्ने भन्दा पनि केही असजिलो हुने र तानिएर दुखेजस्तो हुने अनुभव हुन्छ ।

अण्डकोषको पीडा पछि त्यस्तै दुख्ने वा अन्य कुनै लक्षण देखिएको छ कि छैन विचार गर्नुहोला । तपाईंले लेख्नुभएको सीमित जानकारीका आधारमा यकिनका साथ तपाईंलाई के भएको होला भन्न गाह्रो छ त्यसैले चिकित्सकलाई देखाउनु बेस हुन्छ ।

के हस्तमैथुन गर्नाले यस्तो समस्या हुन्छ,  जान्नको लागि  तलको Next बटन थिच्नुहोस्:

प्रकाशित : शनिबार, भदौ ११, २०७३०७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन ब्लड ग्रुप भएका मानिसको आनीबानी र स्वभाव कस्तो हुन्छ, जानी राखौं ।