यसरी बच्न सकिन्छ रुवाखोकी र भाइरल ज्वरोबाट

भाइरल ज्वरो र रुघाखोकी जस्ता सरुवा रोगहरु हुने बर्षाद मौसममा भाइरस सजिलै फैलन सक्छ । यो मौसममा रुघाखोकी, नाकबाट सिँगान बग्ने, हाछ्यूँ आउने, घाँटी दुख्ने जस्ता समस्या प्राय: जसोले भोग्ने साझा समस्या नै हुन् । रुघाखोकी लागेको व्यक्तिलाई सामान्य बिरामीको रुपमा लिइन्छ । तर यो करीब दुई सयभन्दा बढी भाइरस र त्यसमा पनि इन्फ्लन्एन्जा भाइरस द्धारा हुने संक्रमक सरुवा रोग हो ।

भाइरसको एकपटको आक्रमणले छोटो समयका लागी ‘इम्युनिटी‘ दिन्छ तर हरेक पटक नयाँ भाइरसको संक्रमण हुन्छ । हाम्रो मुलुकमा अशिक्षा, अज्ञानता तथा स्वास्थ्य सम्बन्धी चेतनाको कमीले यसलाई सहन रुपले लिने गरीएको छ । जसका कारण एक व्यक्ति बाट अर्को व्यक्ति मा सजीलै सर्न सक्दछ । रुघाखोकी प्रत्यक्ष सम्पर्कबाट र हावा बाट एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने भएकोले तथा भाइरस हावामा हुने भएकोले ज्यादा भिड भाड हुने स्थान मा छिटो सर्ने सम्भावना हुन्छ । बिरामीले खोक्दा,बोल्दा, हाछ्यूँ गर्दा लाखौं विषाणु हावामा फैलिन्छन्। रुघाखोकी र भाइरल ज्वरोका लक्षणहरु जान्न को लागि Next बटन थिच्नुहोला :

cold,cough

रुघाखोकी र भाइरल ज्वरोका लक्षणहरु

यो रोगले खासगरी पाँच बर्ष मुनीका बच्चा र ५० बर्ष माथि उमेर समुहलाई बढी नकारात्मक असर पार्दछ । १ सय २ देखि ३–४ डिग्री सम्मको ज्वरो सँगै पसिना आउने । हाँच्छिउसँगै नाकबाट पानी आउने खोकी लाग्ने, । घाँटी दुख्ने । वाकवाकी लाग्ने, वान्ता हुने ।अनुहार सुन्निने र आँखा रातो हुन्छ । पेट बटार्ने र झाडापखाला लाग्ने हुन्छ ।
यसका रोगथामका उपचारहरु
रोगीको नाक मुख बाट उत्सर्जित थुक, खकार, सिगान जथाभावी नफाल्ने, रोगीको सम्पर्कमा जादाँ नाक मुख छोप्ने, माक्स लगाउने, संक्रमितले खोक्दा, हाछ्यूँ गर्दा रुमालले आफ्नो नाक र मुख छोप्ने रोगीले नाक, मुख पुछ्न प्रयोग गरेका वस्त्रहरु विसंक्रमण नगरी अरुले प्रयोग नगर्ने, संक्रमितसँग हात मिलाएपछी र सामान चलाएपछि तथा खाना खानुपूर्व साबुनपानीले हात धुने गर्नाले रोकथाम गर्न सकिन्छ ।

प्रकाशित : सोमबार, भदौ ०६, २०७३०७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होसियार ! कतै तपाइँको कानमा त रौं छैनन्, कानमा रौं हुनेलाई यस्ता डरलाग्दा रोग लाग्ने खतरा हुनसक्छ