उच्च रक्तचाप कसरी कन्ट्रोल गर्न सकिन्छ ? सरल घरेलु उपाए

रक्तचाप १४०/ ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप आफैमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउंछ। स्वस्थ जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ।

कसरी बच्ने त उच्च रक्तचापबाट 

१. मोटोपनाले उच्च रक्तचाप, हृदयरोगलगायत विभिन्नखाले जोखिम बढाउँछ । थोरै मोटोपना घटाउँदा पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ।

२. धूम्रपान उच्च रक्तचापको मुख्य कारक तत्त्व हो । चुरोटमा भएको निकोटिनले शरीरका ग्रन्थिलाई उत्तेजित गर्छ, जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्छ । यसका कारण मुटुको धड्कन तीव्र बन्दै जान्छ।

३. नियमित रूपमा हिँड्नु, दौडनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दौडँदा रगतले अक्सिजन लिने क्रम वृद्धि हुन्छ, जसका कारण रक्तचाप सन्तुलन गर्न सघाउ पुग्छ । यसबाट मुटु सक्रिय हुन्छ, रगत पम्प गर्ने प्रक्रिया सहज हुन्छ । त्यसो हुँदा रक्तनलीहरूमा दबाब कम पर्छ। उच्च रक्तचाप कन्ट्रोल गर्ने उपाएहरु जान्न Next बटन थिच्नुहोस्:  

प्रकाशित : शुक्रबार, भदौ ०३, २०७३०४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइँलाई बिहान उठ्न धेरै गाह्रो हुन्छ, होस गर्नुस् यस्ता ५ रोगहरु लागेको हुन सक्छ