काठमाडौँ , (एजेन्सी) , यदि तपाई गोरो , आकर्षक र चम्किलोे अनुहार बनाउन चाहनुहुन्छ भने यी १० घरेलु तथा आयुर्वेदिक उपाएहरु अपनाउनुहोस् ।
१. यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई पिनेर मोहीमा मिसाएर अनुहार तथा छालामा लगाउनुहोस् । यसले छालालाई शीतलता प्रदान दिनुको साथै कालोपना पनि हटाउँदछ । त्यस्तै चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू मिसाएर लेप बनाई अनुहारमा लगाउनाले छालालाई शीतलता प्रधान गर्नुका साथै अनुहारमा चमक ल्याउछ ।
२. नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै घामले डढेको कालो भाग हट्छ ।
३. एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।
४. टमाटरलाई पिनेर दही बराबर राखेर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो घामले डढेको (सनबर्न) को लागि राम्रो टनिक हो । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस् ।: