के कारण यस्ता मानिसहरुलाई लामखुट्टेले अत्यधिक बढी टोक्छ

कस्ता खालका मानिसहरुलाई लामखुट्टेले अत्यधिक बढी टोक्छ त ?

रक्त समूह ‘ओ’ हुने  

सन् २००४ मा अमेरिकाको जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकासशित एउटा अध्ययनका अनुसार ओ ग्रुपको रगत हुने मानिसलाई अन्य रक्त समूह (ए, बी र एबी) हुने मानिसको तुलनामा बढी मात्रामा लामखुट्टे आर्कर्षित गर्दछ । सो अध्ययन अनुसार ओ पछि लामखुट्टेका लागि क्रमशः रक्त समूह ए, बी र अन्त्यमा एबी रक्त समूह हुने मानिस प्रति टोक्न आकर्षित हुने गर्छन्  । यस मेडिकल अध्ययनका अनुसार लामखुट्टेले तपाईलाई बढी टोक्नुको पछाडिको कारण तपाइको रक्त समुह ‘ओ’ हुनुपर्छ ।

गर्भवती महिला  

अवश्य पनि बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरु लामखुट्टेको टोकाईको दृष्टिले बढी जोखिममा हुन्छन् । अध्ययन अनुसार गर्भवती महिला अन्यको तुलनामा दई गुण बढी जोखिममा हुन्छन् । बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आर्कर्षित हुन्छन् । ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निस्काशन हुन्छ । गर्भवती महिलाले अन्यको तुलनामा अझै बढी मेटाबोलिजम निस्काशन गर्छन् ।

मस्क्युटो म्यागनेट जिन हुने मानिस

तपाईको शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन् । सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ । यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् । मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आर्कर्षित हुन्छ । तसर्थ तपार्इं समूहमा हुनुुहुन्छ भने पनि सोही गन्धका कारण लामखुट्ट्े तपाईको शरिरमा झुम्मिन्छ । लामखुट्टेले टाउको, अनुहार, हात, खुट्टा लगायतका विशेष ठाँउमा मात्र टोक्छन् । एइडेस एइजिप्टी र डेंग्यू सार्ने लामखुट्टेले टाउकोमा टोक्न मन पराउने त्यस अध्ययनमा उल्लेख गरिएको छ  ।

प्रकाशित : बिहिबार, असार २३, २०७३०३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहार गोरो , आकर्षक र चम्किलोे बनाउने १२ आयुर्वेदिक उपाएहरु