महिलाको मेकअपका बारेमा यस्तो सोच राख्छन् पुरुष

यो संसार सुन्दर हुन नचाहने को होला र ! त्यसमाथि पनि विशेषगरि महिलाहरु मामलामा अलि सजक हुने गर्दछन् । सुन्दर र आकर्षक देखिन महिलाहरुले विभिन्न खालका  मेकअप गर्ने गर्दछन् ।

मेकअप गर्ने एक महिलाको बारेमा पुरुषले के सोच्छन र अर्की  महिलाले के सोच राख्छिन् भन्ने विषयमा गरिएको एक सोधमा,  मेकअप गर्ने महिलाको बारेमा एक पुरुषले सधै सकारात्मक सोच राख्दछन् भने त्यही अर्की महिलाले यसको  बिक्कुल उल्टो सोच राख्छिन् ।एक शोधको अनुसार, मेकअप महिलालाई पुरुष इज्जत गर्छन् । त्यस्तै राम्रो नजरले पनि हेर्ने   गर्दछन् । राम्रो मेकअप र ड्रेसअप गरेकी महिलालाई प्रतिष्ठि‍त र विशेष मान्ने गर्दछन् भने त्यही अर्की महिलाले मेकअप गरेकी महिलालाई देखेर जलन अथवा इर्श्या गर्ने सोधकर्ताले बताएका छन् ।make-up

महिलाले मेकअप गरेर अन्य महिलालाई धाक देकाउने र अरु भन्दा सुन्दर भएको भान गराउन खोज्ने खालका स्वभावका हुने गर्दछन् । यस अनुसन्धानमा भनिएको छ, की मेकअपले कुनै पनि व्यक्तिको सामाजिक रहनसहनको दृष्टिकोणलाई परिवर्तन गराउने कार्य गर्दछ ।

यो एउटा फरक खालको पहिलो अनुसन्धान हो। जसले मेकअपको विषयमा पुरुष र महिलाको दृष्टिकोण फरक फरक रहने कुरा  पत्ता लगाएको छ ।

स्कटल्याण्डको युनिभर्सिटी अफ स्टिरलिंगको  भिक्टोरिया मिलेवाको अनुसार महिला र पुरुष दुवैले यो कुरा स्वीकार गर्छन् की मेकअप गरिसकेपछी महिलाहरु सुन्दर र आकर्षक देखिने गर्दछन् , तर यो कुरा हेर्नेको नजरमा  निर्भर गर्दछ ।

प्रकाशित : आइतबार, असार १९, २०७३०३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको स-साना कुराहरु भुल्ने बानी छ , त्यसो भए यसरी बढाउनुहोस् स्मरणशक्ति