कपाल झार्न रोकि पुनः उमार्ने घरेलु उपचारहरु !!

कपालले मानिसको व्यक्तिव र सुन्दरता झल्काउने कार्य गर्दछ । तर बिभिन्न कारणले गर्दा कपाल झर्ने तथा टुक्रिने समस्या हुन सक्छ । जस्तै कपाललाई बलियो तथा स्वस्थ बनाउने तत्वहरुको शरीरमा कमि अथवा अभाव हुँदा कपाल झर्ने र टुक्रिने गर्दछ । यी पोषण तत्वहरु पाइने कुराहरु नियमित सेवन गरि यो कपाल झर्ने समस्या  रोकिनुका साथै झरेको ठाउँमा कपाल उम्रिन पनि सुरु गर्दछ ।

प्रोटिनयुक्त खानेकुरा सेवन 

 यदि हाम्रो शरीरमा प्रोटिनको कमि हुन गएमा कपाल कमजोर हुनुको  साथै फुल्ने समस्या हुने गर्दछ । त्यही भएर खानामा दही, अण्डाको पहेँलो भाग, बदाम, राजमा, मटरकोसा, मुसुरो दाल, तोफु, कुखुराको मासुजस्ता प्रोटिनजन्य खाना खाने गर्नाले कपाल झर्न रोकिनुका साथै थप कपाल पलाउँछ ।

फ्याटी एसिडयुक्त खानेकुरा सेवन 

फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ ।

जिंकयुक्त खानेकुरा सेवन 

जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ ।

आइरनयुक्त खानेकुरा सेवन 

आइरनयुक्त खाना खानाले शरीरका टाउकोलगायत शरीरका कोषिकामा रगत, अक्सिजन, पोषक तत्व  आदिको आपूर्ति बढेर जान्छ, जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । गाढा हरियो पात भएका सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ । थप पढ्नका लागि Next बटन थिच्नुहोस् ।:

प्रकाशित : आइतबार, असार १२, २०७३१८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी ब्रस गर्नुहोस् नत्र दन्त तथा गिजाको समस्याको सिकार हुनपर्ला