यसरी ब्रस गर्नुहोस् नत्र दन्त तथा गिजाको समस्याको सिकार हुनपर्ला

मुस्कानले मानिसको सुन्दरतालाई झल्काउने कार्य गर्दछ । हास्दाखेरि सफा र चट्ट परेका दाँतले हाम्रो व्यक्तिव र सुन्दरतामा झन् सुनमा सुगन्ध थप्ने कार्य गर्दछ । त्यसैले दाँतको सफाईमा ध्यान दिनुपर्छ । दाँत स्वस्थ्य हुनु ब्रस गर्नुपर्छ । तर, ब्रस गर्ने सही तरिका के हो ? त्यो भने जान्नु जरुरी हुन्छ ।

ब्रसमा थोरै मञ्जन लगाउँनुहोस्  :  ब्रसमा मञ्जन थोरै राख्दा नै काफी हुन्छ । धेरै मञ्जन लगाउँनु भनेको खेर फाल्नुमात्र हो । धेरै मञ्जनले दाँत चम्काउँने होइन । मञ्जन धेरै हाल्नाले दाँतमा फ्लोराइड जम्छ र राम्ररी सफा नगर्ने हो भने दाँतमा सेता र काला धब्बा देखिन सक्छन् ।

ब्रस कसरी गर्ने ? :  आफ्नो ब्रसलाई गिजाबाट ४५ डिग्रीको एंगलमा राख्नुहोस्, गम लाइनबाट टाढा राखेर ब्रस गर्नुहोस् । पहिले माथिको दाँत र त्यसपछि तल्लो लहरको दाँत ब्रस गर्नुहोस् । ब्रसलाई गोलो आकार दिँदैं दाँतमा घुमाउनुहोस् ।

राम्रोसंग ब्रस गर्नुहोस् :  ब्रस गर्दा हात हल्का बनाउँनुहोस् । दाँतबाहिर, भित्र र चपाउने बंगारामा सफा गर्नुहोस् । दाँतलाई भित्रबाट सफा गर्न ब्रसलाई माथि तल गरेर पल्टाउनुहोस् ।

जिब्रोको सफाई  :  दाँतसंगै जिब्रो पनि सफा गर्नुहोस् । जिब्रो सफा गर्न टङ क्लिनरको प्रयोग गर्न सक्नुहुनेछ । यसबाट जिब्रोको ब्याक्टेरिया र श्वास गन्हाउने समस्या हट्छ ।

प्रत्येक तीन महिनामा ब्रस बदल्नुहोस्  :  ब्रस गरेपछि पानीले राम्ररी कुल्ला गर्नुहोस् र धोएर राख्ने गर्नुहोस् । दन्तरोग विशेषज्ञका अनुसार तीन महिनामा ब्रस बदल्नुपर्छ ।

ब्रस कम्तीमा दुई मिनेटसम्म गर्नुहोस् :  यदि तपाईंको बिहान हतारमा ब्रस गर्ने बानी छ भने यसो नगर्नुहोस् । कम्तीमा दुई मिनेट ब्रस गर्नु निकै आवश्यक छ । दुई मिनेट ब्रस गर्दा दाँत स्वस्थ राख्न मद्दत मिल्छ ।

तीनपटक भन्दा बढी ब्रस नगर्नुहोस्  :  दिनमा दुई पटक ब्रस गर्नु फाइदाजनक हुन्छ । जब राती सुतेपछि ब्रस गर्दा मुखमा ब्याक्टेरिया सजिलैसंग आक्रमण गर्न सक्छ । यसबाट बच्न राती ब्रस गरेर सुत्नुहोस् र बिहान ब्रेकफास्टभन्दा पहिले गर्नुहोस् । दिउँसो लन्च गर्नुअघि ब्रस गर्न सक्नुहुन्छ । तर, दैनिक तीनपटकभन्दा बढी ब्रस गर्नुहुन्न । धेरैपटक ब्रस गर्दा गिजामा नोक्सान पुग्न सक्छ ।

कस्तो ब्रस प्रयोग गर्ने  :  ब्रस सधै नरम प्रयोग गर्नुहोस् । यदि कडा खालको ब्रस प्रयोग गर्नाले  गिजामा चोट लागि इन्फेक्सन हुने सम्भावना पनि रहन्छ  ।

प्रकाशित : सोमबार, असार १३, २०७३०५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किड्नीमा हुने पत्थरीबाट यसरी बच्न सकिन्छ ।