डन्डीफोरको दाग हटाउने प्राकृतिक घरेलु उपाए

सुन्दर अनुहारको चाहना सबैलाई हुन्छ ।  तर, किसोरावस्थामा आउने डन्डीफोर कहिलेकाही लामो समय सम्म रहने तथा अनुहार बिगार्ने गरि दाग रहने पनि सक्छ। अनुहारमा आएको डन्डीफोरको कारणले अनुहार बिग्रेने  चिन्तामा हुनुहुन्छ, भने अब  यी कुराहरुमा सधै ध्यान पुर्याउनुहोस् ।

डन्डीफोर नकोट्याउने  र नफुटाउने 

 अनुहारको डन्डीफोर पाक्यो अनि  नराम्रो देखियो  भन्दै कहिल्यै पनि कोट्याउने तथा फुटाउने गर्नु हुदैन । यसो गर्नाले अनुहारमा यसको नरम्रो  दाग बस्न सक्छ ।डन्डीफोर नकोट्याउनु  र  नफुटाउनु  नै  यसको दागबाट बस्न नदिने राम्रो उपाए हो।

ग्रिन टी 

 ग्रिन टीमा ट्यानिक एसिड पाइन्छ, जसले डन्डीफोरका कारण अनुहारमा बसेको कालो र रातो दागबाट छुटकारा दिन्छ । उमालेको पानीमा तीन वटा ग्रिन टीको ब्याग हिाल्ने र माथिबाट पिसेको अदुवा थप्ने । सबैथोक हालेपछि पानी उमालेर आधाजति बनाउने । त्यसपछि कपडाछान गरी दाग भएको ठाउँमा लगाउने र सुकेपछि धुने गर्नाले दाग हराउँदै जान्छ ।

नरिवलको  पानी 

नरिवलको पानीमा काँक्राको रस मिसाएर बिहान र बेलुका नियमित लगाउने गर्नाले डन्डीफोरका कारण बसेको दाग हराउँदै जान्छ ।

कालो दाल 

 कालो दालको बोक्रा निकालेर रातभरि दूधमा भिजाई बिहान यसलाई पिस्ने । यसरी पिसेको दालमा कागतीको रस र मह मिलाई लेप बनाई अनुहारमा लगाउने र एक घण्टापछि धुने। यसो गर्नाले डन्डीफोरका कारण उत्पन्न रातो दाग हराउँदै जान्छ ।

बरफ

डन्डीफोर आएको ठाउँमा अथवा दाग लागेको ठाउँमा बरफ केही बेरसम्म लगाउने गर्नाले डन्डीफोर र यसको दाग क्रमशः हराउँदै जान्छ । यसका लागि बरफको प्रयोग नियमित रूपमा गर्नुपर्छ ।

सुन्तलाको बोक्रा

सुन्तलाको बोक्रा पानीमा मिसाएर पिस्ने, लेप बनाई अनुहारमा दल्ने र सुकेपछि पानीले धुने । यसो गर्नाले दाग हराउँदै जान्छ ।

मुल्तानी माटो

बजारमा पाइने मुल्तानी माटोमा कागती वा गोलभेँडाको रस मिसाएर लेप बनाई अुनहारमा दल्ने र सुकेपछि धुने । अथवा, मुल्तानी माटोमा चन्दन पाउडर अथवा गुलाब जल लगाएर यसको लेप बनाई पनि अनुहारमा दल्न सकिन्छ । यसो गर्नाले डन्डीफोरका कारण लागेको दाग हराउँदै जान्छ ।

तुलसी र निम

तुलसी र निमको पत्ताको चूर्णमा एक चम्चा बेसार मिसाउने । यसमा अलिकति मुल्तानी माटो पनि थप्ने । यी सबको पेस्ट बनाई अनुहारमा दल्ने र सुकेपछि धुने गर्नाले दाग हराउँदै जान्छ ।

प्रकाशित : बिहिबार, असार ०९, २०७३१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपाल झार्न रोकि पुनः उमार्ने घरेलु उपचारहरु !!