डण्डीफोरले सताईरहेको छ ,त्यसो भए एक पटक यसो गर्नेकी!!!

किशोर अवस्थामा डण्डीफोर आउनुलाई सामान्य नै मानिन्छ । यसलाई किशोरावस्था एउटा संकेतको रुपमा पनि लिने गरेको पाईन्छ । डन्डीफोरले  धेरैजसोलाई सताइरहेको नै  हुन्छ । गर्मी मौसममा त  झन् धूलो , धुँवा र प्रदूषण जस्ता कुराले गर्दा अनुहार डण्डीफोर आउनुलाई सामान्य कुरा नै मानिन्छ।

तपाईँले आफ्नो अनुहारको डन्डीफोर निको पार्न विभिन्न घरेलु उपाएहरु अपनाएर दिक्क भइसक्नु भएको छ, भने एक पटक यी खानेकुराहरु खाएर हेर्नुहोस् । हाम्रो शरीरमा विभिन्न खालका भिटामीन र पौष्टिक आहारहरूको कमी भएको कारणले पनि डन्डीफोर आउने गर्दछ।

जसको लागि तपाईले यी तल उल्लेख गरिएका खाद्य बस्तुहरु नियमित खान खाने बेला सेवन गर्नु भएमा यो धेरै नै फाईदाजनक हुन्छ। यदि कुनै भिटामिन तथा पौष्टिक आहारको कमिले गर्दा आएको डन्डीफोर भएमा अवस्य निको हुने छ।

माछा

माछा कत्तिको खाने गर्नुहुन्छ। यो डन्डीफोरको लागि अति उचित मानिन्छ ।माछा हाम्रो स्वस्थ्यको लागि पनि धेरै लाभलायक मनिन्छ। विशेष गरी ‘सामन’ जातको माछालाई स्वस्थ मुटु, स्वस्थ छाला र स्वस्थ मस्तिष्कको विकास गर्ने खानेकुराको रुपमा चिन्ने गरिन्छ । यसमा पाइने ओमेगा-३ फ्याटी एसिडले छालालाई रक्षा सँगै ‘कोलाजेन’ हरमोनको उत्पादनमा वृद्धि भई  डण्डीफोर आउनबाट रोक्ने सेता रक्तकोषहरुको विकास गर्न मदत गर्छ।

 तोरीको हरीयो साग मुला 

डण्डीफोर आउनु भनेको वास्तवमा नराम्रो कुरा होइन, यो त शरीरभित्रमा विषाक्त पदार्थहरू बाहिर निस्कने अर्को माध्यम मात्रै हो। तरपनि, बाहिरबाट प्रवेश गरेका ब्याक्टेरियाहरूले डण्डीफोरलाई बेलैमा सञ्चो हुन दिँदन। हरीयो सागपात (विशेष गरी मुला र तोरीको साग) मा प्रशस्तै क्लोरोफील पाइन्छ, जसले पेटभित्रका ब्याक्टेरियालाई नष्ट गरी छालाको भित्री तहमा भएका ब्याक्टेरिया र विषाक्तलाई दिशाको मार्फत बाहिर निकाल्न मद्दत गर्दछ। साथै यसले रगतलाई पनि सफा गर्दछ। त्यसैले दैनिक खानामा यस्ता सागपातलाई नियमित मिसाएर खानुहोस्, केहि फरक अवश्य पाउनुहुनेछ।

 बेसार

तरकारीमा राखेर त दिनदिनै खानुहुन्छ बेसार, तर जब तरकारीसँगै बेसार भुटिन्छ, तब यसको वास्तविक गुण परिवर्तन हुन्छ। हुन त भुट्टिएको बेसार पनि हानिकारक त हुँदैन, तर यसले डण्डीफोरको ब्याक्टेरियालाई हटाउन सक्दैन। त्यसैले बेसारबाट डण्डीफोरलाई हटाउन चाहनुहुन्छ भने, विहान उठेर १ गिलास दहीमा १ चिम्टी बेसार घोलेर खाने गर्नुहोस्। दही मन पर्दैन भने १ गिलास पानीमा १ चिम्टी बेसार राखेर १० मिनेट उमाल्नुहोस् र मनतातो बनाएर पिउनुहोस्। यसमा हुने विशेष प्रकारको जलनविरोधक तत्वले पेट तथा रगतबाट ब्याक्टेरिया र अन्य विषाक्त पदार्थहरूलाई हटाई ग्यास्ट्रिक, एसिडिटीलाई राहत प्रदान गर्दछ भने साथसाथै डण्डीफोरलाई असर गरिरहेको किटाणुहरु नष्ट गर्ने कार्य पनि गर्छ ।

गाँजर

गाँजरमा प्रशस्त भिटामीन-ए पाइन्छ। भिटामीन-ए लाई डण्डीफोर विरोधक भिटामीन भनेर पनि चिनिन्छ । खाना खाइसकेपछि अथवा खाजाको रूपमा दैनिक १/२ वटा गाँजर मज्जाले चपाएर खाने गर्नुहोस्। यसले पाचनप्रणालीमा सुधार ल्याउनुका साथै डण्डीफोरको समस्याबाट पनि राहत प्रदान गर्दछ।

कहिल्यै पनि डण्डीफोरलाई सामान्य खालको समस्या मान्नु सम्झनु धेरै नै खतरनाक समेत  हुन सक्छ। खासमा डण्डीफोर छोटो समय मै हराउने  खालका हुन्छन् । यदि लामो समय सम्म पनि डण्डीफोरले निको नभएर कुनै पनि  घरेलु उपचारबाट पनि निको नभएको खण्डमा चिकित्सकीय परामर्श लिनु नै उपुक्त हुन्छ।

प्रकाशित : बिहिबार, असार ०९, २०७३०९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डन्डीफोरको दाग हटाउने प्राकृतिक घरेलु उपाए