मुटु स्वस्थ कसरी राख्ने !!!

 

जीवित प्राणीको सबै भन्दा महत्वपूर्ण अंग मुटु हो । हाम्रो मुटु एक सेकेन्डको लागि पनि बन्द भए हाम्रो अस्तिव समाप्त हुन्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न सधै  यी ७ कुराहरुमा ध्यान राखौ ।

सधै घटीमा सात घन्टा सुत्ने गरौ 

मुटुलाई स्वस्थ राख्न हरेक रात कम्तिमा सात घन्टा सुत्नुपर्ने हुन्छ । यदि  तपाईलाई कडा परिश्रम गर्नु पर्छ भने आठ घन्टा सुत्न सक्छौ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा हुने हुँदा यसले  धमनी खुम्चिन समस्या हुन सक्छ ।

रक्तचाप जांच गरिराखौ 

रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ ।  १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।

 सेकेन्डह्यान्ड धुँवाबाट बचौँ

अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि गर्छ । धूम्रपान मुटुरोगको  एउटा प्रमुख कारण  हो ।

 दैनिक ३० मिनेट हिँडौँ

व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।

 हप्ताका एक दिन माछा खाऔं

माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।

 सन्तुष्ट हुने बानी बसालौं

आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।

 सधै दाँत माझ्ने गरौँ 

गिजाको रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ सक्ने खतरा हुन्छ। त्यसैले , दन्त स्वास्थ्यमा ध्यान दिंदा पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

 

प्रकाशित : मङ्गलबार, असार ०७, २०७३०७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डण्डीफोरले सताईरहेको छ ,त्यसो भए एक पटक यसो गर्नेकी!!!