कोरियन महिलाको सुन्दरताको राज यस्तो !!!

कोरियन फिल्मले विश्वब्यापी चर्चा बटुल्नुको एउटा प्रमुख कारण कोरियन नायिका हरुको सुन्दरता नै हो । कोरियन महिलाहरुको सुन्दर मुहारको चर्चा विश्वका सम्पूर्ण युवाहरुले गरेर थाक्दैनन् । यस कारण पनि कोरियन महिलाहरु विश्वकै सुन्दर महिलाहरु मान्ने गरिन्छ ।

उनीहरुको सुन्दरताको रहस्य पनि फरक छ । उनीहरु अन्य मुलुकका महिलाले भन्दा फरक तरिकाले श्रृङगार गर्छन् । कोरियन महिलाहरु मोस्चराइजर प्रयोग गर्नुभन्दा अघि लोशनलाई पहिला औंलामा तातो हुने गरी रगड्छन् र अनुहारमा तल/माथि गरी मालिस गर्छन् । उनीहरु अनुहारको साथै घाँटीको भागमा पनि मालिस गर्छन् । कोरियन महिलाहरु अनुहारको पनि व्यायाम गर्छन् । उनीहरु ‘मा मे मो मू’ लगायतका शब्द उच्चारण गरी अनुहारको व्यायाम गर्छन् । यसरी अनुहारको व्यायाम गर्दा ४० वर्षसम्म पनि अनुहारमा चाउरी पर्दैन र चमक पनि हराउँदैन । कोरियन महिलाहरु श्रृङगार सामाग्रीमा निकै सचेत हुन्छन् । उनीहरुको खानपान सधै स्वस्थकर हुने गर्छ , खानपिनको बिषयमा आत्तिने सचेत हुने गर्दछन् । यसै कारणले गर्दा ४०/५० वर्षको उमेरमा पनि उनीहरु जवान र आकर्षक देखिने गर्छन् ।

प्रकाशित : सोमबार, असार ०६, २०७३०४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पेट फुल्ने वा डम्म हुने समस्या छ , त्यसो भए यी ५ कुरा सेवन गर्ने गर्नुहोस् !!!