फुलेको कपाल कालो पर्ने आयुर्वेदिक (घरेलु) उपाएहरु

हाम्रो अस्वस्थकर जीवनशैली र खानपान तथा अनावश्यक  चिन्ता र तनावका कारण कम उमेरमै कपाल फुल्ने समस्याले मानिसहरु ग्रसित भईरहेको पईन्छ । हामिले  आजभोली सानै उमेरका बालबालिकाहरुको पनि कपाल सेतै फुलेको देखिरहेका पनि हुन्छौ । यस्तो  फुलेको सेतो कपाललाई सेतो हुन नदिने उपाए चांहि नभएका  होइनन् ।

तपाईलाई हामी याँहा यस्ता महत्वपूर्ण खानेकुराको बारेमा चर्चा गर्दै छौ । जसले हाम्रो कपाल फुल्ने तथा झर्ने कम गरि बाक्लो र कालो कपाल बनाउन मद्दत  गर्छ ।

नरिवल : नरिवलमा पर्याप्त मात्रामा  भिटामिन बी कम्प्लेक्स, प्रोटीन र एन्टीअक्सीडेन्ट  पाईन्छ।सकेसम्म दिनहुँ काँचो नरिवल खाने र नरिवलको पानी पनि पिउँने गर्नुहोस। त्यस्तै कागतीको रसमा  नरिवलको तेल र मिलाएर कपालमा मसाज गर्नाले कपाल कालो , बाक्लो र मुलायम बनौदछ।

बदाम : यसमा पर्याप्त प्रोटीन र फाइबर पाइन्छ। दैनिक एक मुठ्ठी बदाम खानुस्। साथै यसको तेलले कपाल मालिस गर्न सकिन्छ।

मेथी :यसमा आइरन र फाइबर प्रशस्त पाइन्छ। रातभर मेथीलाई पानीमा भिजाउनुस् र बिहान खाली पेटमा यसको पानी पिउनुस् अनि कपाल पनि सोही पानीले पखाल्न सकिन्छ।
black hair

चना : यसमा भरपुर प्रोटीन, भिटामिन बी र क्याल्सियम हुन्छ। खानामा यसको मात्रा बढाउनलाई कपाल कालो अनि बाक्लो आउँछ।

चीज र पनिर : यसमा भरपुर प्रोटीन, भिटामिन बी र क्याल्सियम हुन्छ। चीज र पनिर नियमित सहि मात्रामा खाने गर्नुस्।

माछा : भिटामिन बी १२ को कमीको कारण कपाल छिटै फुल्ने गर्छ। हप्तामा कम्तीमा एक पटक माछा खानाले यसको कमी पुरा गर्न सकिन्छ।

हरियो सागपात : यसमा हुने फोलिक एसिड, आईरन र भिटमिन ए ले कपाल कालो र बलियो बनाउँछ।

सूर्यमुखीको बियाँ : यसमा भिटामिन डी, इ र जिन्क पर्याप्त पाइन्छ। यसलाई खान सकिन्छ वा पेस्ट बनाएर कपालमा लगाउन सकिन्छ।

काजु ,किसमिस  : दैनिक ६ बदाम, १० किसमिस, ७ काजु खाने गर्नुस्। यसमा हुने पौष्टिक तत्वले कपालकोलागि निकै फाइदा पुर्याउँछ।

अमला : यसमा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छ। यसलाई अचारको रुपमा खान सकिन्छ। वा यसको तेलले कपालमा मालिस गर्न सकिन्छ।

अण्डा : यसमा प्रोटीन, भिटामिन बी पाइन्छ। दैनिक खाना संगै एउटा अण्डा खानुस्। साथै कपालमा अण्डा लगाएर आधा घण्टा पछि स्याम्पुले पखाल्न सकिन्छ।

दुध : दैनिक एक गिलास दुध पिउनाले प्रोटीन र क्याल्सियमको कमी पुरा गर्न सिकिन्छ। जसले कपाल कालो, चमकदार र स्वस्थ राख्न मद्धत गर्छ।

दही : यसमा प्रोटीन, क्याल्सियम र भिटामिन बी १२ पाइन्छ। दैनिक दही खाने गर्नुस्। साथै नुन मिसाएर कपालमा मसाज गर्न पनि सकिन्छ।

 

प्रकाशित : आइतबार, असार ०५, २०७३०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोरियन महिलाको सुन्दरताको राज यस्तो !!!