बेसार १० भन्दा बढि रोगहरुको औषधी, कुन कुन रोगको निको हुन्छन त यसले !

बेसार भन्ने बितिकै हामीले खानामा प्रयोग हुने मसलाको रुपमा मात्र बुझ्छौ । बेसारले खानाको रगं राम्रो बनाउनुको साथै मिठो पनि बनाउछ । तर यसको फाइदाको बारेमा हामी जो कोहिलाई पनि थाहा नहुनसक्छ । हामी तपाईहरुलाई बेसारले मानव स्वास्थ्यमा पुर्याउने थुप्रै फाइदाहरुको बारेमा बताउदैछौ ।

बेसार एन्टी एजिंग (anti-aging), एन्टी ओक्सिडेण्ट (anti-oxidant) र एन्टी इन्फ़्लेमेट्री ( anti-inflammatory) जस्ता बिशेष तत्व रहेको एक उपयोगी मसला हो । बेसार यसको सुनौलो रंग र स्वादिलोपनले गर्दा नेपाली परिकारमा अति आवश्यक छ भने शताब्दियौँ देखि विभिन्न आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको छ। त्यस्तै चिनियाँ चिकित्साहरुले क्यान्सरको रोगसंग लड्ने क्षमता र दुखाई कम गर्न तथा विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न बेसार प्रयोग गर्दै आइरहेका छन् । कर्क्योमिन (curcumin) बेसारमा पाइने एक महत्वपूर्ण तत्व हो, जसमा एक शक्तिशाली एन्टी ओक्सिडेण्ट (भिटामिन सि र ई को उत्पादन गरी अक्सिजनसंग मिलाउने कार्य) को रुपमा काम गर्दछ। एन्टी इन्फ़्लेमेट्री (दुखाई कम गर्ने ) तथा घाउको किटाणु नाश गर्ने गुण हुन्छ । बेसारमा फाइवर, क्याल्सियम,भिटामिन तथा खनिजको जस्ता पौष्टिक तत्व धेरै पाइन्छ । बेसारमा थोरै पनि नराम्रो प्रभाव पक्ष हुदैन ।

बेसारबाट स्वास्थ्यमा हुने लाभहरु के के हुन त ?

१. क्यान्सर रोकथामको लागि अति उपयोगी र रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ ।
बेसारले कोषहरु स्वस्थ राख्नुको साथै क्यान्सर बढाउने इन्जाइमहरुलाई रोक्ने गर्दछ ।
२. अल्जाइमर रोगको रोकथाम गर्छ ।
यो मसलाले मस्तिष्कलाई स्वस्थ राख्दछ । मस्तिष्क अनावश्यक प्रोटिन जम्मा गर्ने तत्व अम्लोइड (Amyloid) को विकासमा रोक लगाउदछ र अल्जाइमर रोग रोक्न मद्दत गर्छ ।
३. मधुमेह नियन्त्रण गर्न
बेसारले मधुमेहमा सुधार ल्याउने कम गर्दछ। साथै रगतमा ग्लुकोजको मात्रा बढ्न नदिने हर्मोन इन्सुलिन (insulin) उत्पादन पनि गर्दछ । जसको कारणले कोषहरुमा ग्लुकोज प्रसारण हुन्छ। त्यस्तै यसले इन्सुलिन रेसिस्टेन्स (insulin resistance) हुनबाट रोक्दछ। इन्सुलिन रेसिस्टेन्स, त्यस्तो अवस्था हो, जब इन्सुलिन हर्मोन त उत्पादन हुन्छ तर यसले काम गर्दैन । बेसारले इन्सुलिन हर्मोनलाई प्रभावकारी बनाउने काम गर्छ । साथै यसले सामान्य खालको मधुमेह त निको नै पार्दछ ।
४. एक प्राकृतिक पिडा निवारक र गाठाँ रोक्न
बेसारमा (anti-inflammatory / anti-oxidant) जस्ता तत्व हुने हुदाँ यसले जोर्नी दुख्ने र गाठाँको समस्या समाधान गर्न मद्दत गर्दछ । यो एक यस्तो खाद्य पदार्थ हो, यो गाठाँको समस्याको लागी एकदम राम्रो औषधी हो। शरीर सुनिने समस्याको लागी समेत यो अति नै उपयोगी औषधी पनि हो।
५. घाउ तथा चोटपटक निको पार्न
बेसारको पेष्ट बनाएर साधारण काटेको घाउ , पोलेको वा घाउको दागमा लगाउदा निको हुन्छ । हामीले यसमा भएको (anti-inflammatory) र किटाणुबाट बचाउने शक्तिलाई अपरिहार्य मान्नुपर्छ । यो तपाईको छालाको सुरक्षा तथा छाला चिलाउने सुनिने समस्याको लागी प्रयोग गर्न सकिन्छ ।६. पाचन शक्ति बढाउन
बेसारले पित्ताशय सुनिने,आन्द्रा सुनिने तथा ग्यास्ट्रिकलाई कम गर्दछ । तर तपाई पित्ताशयको रोगी हुनुहुन्छ भने चाहीँ बेसार सेवन नगर्नु होला किनकी तपाईको अवस्था झन खराब हुन सक्छ ।
७. कलोजो र रक्तसंचार प्रणाली सुधार गर्न
बेसार कलेजो सफा गर्न र रक्तप्रभाव सुधार ल्याउने एक प्राकृतिक औषधि हो ।

८. छाला स्वस्थ बनाउन
बेसारको नियमित प्रयोगले तपाईको छालामा एक चमक ल्याउछ। तपाईको छालाको रगं हराउन र फिक्का हुनबाट रोक्छ ।
तपाईले अलिकति बेसारमा आधा चम्चा कागतीको रस,अलिकति पिठो, एक चम्चा टमाटरको रस मिसाएर पेस्ट बनाई आखाँ वरिपरी लगाई १० मिनेट राख्दा आखाँ वरिपरीको कालो भाग (डार्क सर्कल ) हराउछ । यो पेस्ट (डार्क सर्कल ) आखाँको वरिपरीको कालो भागको उपचारका लागी एकदम लोकप्रिय मानिन्छ । तपाई पनि आफ्नो आखाँको वरिपरी बेसार र अनारको रसको पेस्ट लगाउनुहोस् बिस्तारै रग हल्का भएका पाउनुहुनेछ ।
९. मुटु स्वस्थ राख्न
यसले रगतका नशा तथा धमनिहरुमा असर पार्ने पेलेक्यु ( काठ ,प्लास्टिक जस्तै पदार्थ ) बन्नलाई रोक्छ र शरीरका लागि खराब कोलेस्ट्रोलको मात्रा कम गर्छ ।

प्रकाशित : आइतबार, जेठ ३०, २०७३१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ दिनमै ५ किलो तौल कम गर्ने घरेलु उपाएहरु