कस्तो अनुहार हुनेलाई कस्तो हेयर इस्टाईल सुहाउछ

हरेक मानिसले आफ्नो पर्सनालिटी ( व्यक्तिव ) राम्रो बनाउन चाहन्छन्। व्यक्तिको पर्सनालिटीमा कपालले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। तपाईले कपाल काट्दा आफुलाई मनपर्ने भन्दा पनि आफ्नो अनुहारको आकारलाई सुहाउने गरि काट्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।
यहाँ तपाईलाई आफ्नो अनुहार आकार अनुसार आफ्नो सबै भन्दा सुहाउने ‘हेयर कट’ कस्तो हुनसक्छ ,भन्ने कुराहरु थाहा पाउन सक्नुहुन्छ।
                                                                                            १. अण्डाकार फेस :
यस खालको अनुहार हुनेहरुले सिधा कपाल भए पनि लामो कपाल नराख्दा नै राम्रो देखिन छ। यदि तपाईको कपाल बंगिने र घुम्रिएको छ भने तपाईले आफ्नो कपालको नघुम्रिने गरि हेयर कट राख्नु राम्रो हुन्छ ।
                                                                                            २. गोलाकार फेस
गोलाकार अनुहार हुनेहरुले सिधा कपाल भएमा कुम सम्म आउने गरि राख्दा राम्रो सुहाउछ। तर कपाल घुम्रिएको छ भने काधँ सम्म नै पिरामिड आकार वा गोलो नै काट्दा सुहाउछ।                                                                                                                                                                         ३. मुटु आकारको फेस : यस आकारको अनुहार भएको तथा सिधा कपाल छ भने कुनै नयाँ खालको ‘हेयर कट’ गर्दै हुनुहुन्छ भने तपाईले ‘पिक्सी हेयर कट’ (महिलाहरुको लोकप्रिय हेयर इस्टाईल) राख्दा पनि हुन्छ । अर्को धेरै रुचाइएको बब कट पनि राख्दा हुन्छ। त्यस्तै कपाल घुम्रिएको छ भने ‘लेयर्ड हेयर कट’ अति उपुक्त हुन्छ ।
                                                                                            ४. वर्गाकार: वर्गाकार अनुहार हुने र कपाल सिधा भएको खण्डमा गोलो अनुहार हुनेहरुले जस्तो कुम सम्म आउने गरी कपाल राख्दा राम्रो देखिन्छ । निधार ठुलो हुनेहरुले अगाडीको कपाल काट्दा या ब्याङ्गस् (bangs) राख्दा पनि सुहाउछ जसले निधारको भाग सानो देखाउने हुँदा सुन्दर पनि देखिन्छ। घुम्रिएको कपालमा पनि यो हेयर कट सुहाउछ । यदि निधारमा झर्ने खालको छोटो कपाल छ भने लेयर्ड हेयर कट’ गर्दा पनि राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७३११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लिपिस्टिक लगाउँदा यी कुरामा ध्यान दिनुस्, नत्र पछुताउनु पर्ला