अनुहारका दाग हटाउने २० घरेलु तरिका

बिगुल स्वास्थ्य, काठमाडौँ । कतिपय मानिसहरु अनुहारमा भएका दागहरुका कारणले चिन्तीत हुने गर्दछन् । महिलाहरु त ब्यूटीपार्लर जाने संभावना हुन्छ तर पुरुषहरुको अनुहारमा दाग धब्बा आएरमा बजारमा बिक्रि गर्नका लागि राखिएका कमसल खालका सामाग्री हरुको प्रयोगले समाधान को सट्टा उल्टो हानी गरिरहेको पनि उदाहरण देख्न पाईन्छ ।
pimples-of-face-650x276तर हामीले ल्याएका यस्ता उपायहरु अपानाउने गर्नाले अनुहारका दागहरु हट्नुका साथै आकर्षक अनि चम्किलो अनुहार पाउन सजिलो हुन्छ । जुन कुनै बिशेष केमिकल अथवा ठुलो धनरासी खर्च नै नगरी प्राप्त गर्न सकिन्छ ।
अनुहारका दागधब्बा हटाएर आकर्षक अनुहार पाउन चाहनुहुन्छ भने लभहत बटन क्लीक गर्नुहोस् ।
दुई चम्मच जौँ को धुलो र कागतीको मिश्रण बनाएर दाग भएको ठाँउमा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ ।

imagesकागतीमा ब्लिचिङ गुण हुने भएकाले कागतिका केही टुक्रा काटेर सिधै अनुहारको दाग धब्बा भएको स्थानमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले दागहरु तुरुन्त हटाउन सहयोग गर्दछ । कागतीको प्रयोग पश्चात लगभग आधा घण्टा पछी मनतातो पानीले धुने गर्नु पर्दछ ।

"Love & Other Drugs" Press Conference In Sydneyकाँचो दुधमा कपास डुवाएर दाग भएको स्थानमा बिस्तारै दल्ने र सुकेपछी मनतातो पानीले धुनुपर्दछन् । दुधमा ल्याक्टिक एसिड हुने भएकाले अनुहारका दागहरु हटाउनमा सहयोग पुग्दछ ।

acne-pimples-optध्यूकुमारीमा छालासम्बन्धी थुप्रै समस्या सामाधान गर्ने बिशेषता हुन्छ । ध्यूकुमारीको गुदी अनुहारमा दलेर सुख्खा भएपछी मनतातो पानीले पखाल्नुपर्छ, यसले छाला म्वइस्चराइज गर्न सघाउ पुग्दछ ।

21828-1_nबदामलाई रातभर पानीमा भिजाएर बिहानको समयमा यसको पेष्ट बनाई सो पेष्टमा चन्दनको पाउडर मिसाएर अनुहारको दाग भएका ठाँउमा प्रयोग गर्नाले दागहरु बिस्तारै घट्दै जान्छन् ।

patatoआलुलाई स्लाईस पारी काट्नुहोस र दागभएको ठाँउमा लगाएर सुख्खा हुन्जेल सम्म प्रतिक्षा गर्नुहोस् । सुख्खा भएपछी मनतातो पानीले धुनुहोस्, यस्तो प्रकृया नियमित गरेमा दागहरु हट्दै जान्छ । साथै आलुको पेष्टमा मह मिसाएर सोहि प्रकृया दोहोर्याउदा पनि राहत पुग्न सक्छ ।

milk-lemonबेसारमा काँचो दुध र कागतीको रस मिसाएर दाग भएको ठाँउमा लगाउनुहोस्, सुख्खा भएपश्चात मनतातो पानीले पखाल्नुहोस्, यसो गरेमा पनि दागहरुबाट छुटकारा पाउन सकिन्छ ।

Stopping-Pimplesपाकेको मेवाको भित्रको भागलाई अनुहारमा लगाएर सुख्खा भएको लगभग २० मिनेट पश्चात पखाल्ने गर्नाले पनि अनुहारका दाग हट्दै गएर तपाईको अनुहार स्वस्थ देखिनुका साथै गोरो र चम्किलो हुन्छ ।

onion-ringsप्याजको रसमा कटनको कपडाको टुक्रा भिजाई दाग भएको ठाउमा बिस्तारै मसाज गर्ने अनि केही समयपछी धुने गर्नाले पनि दागको समस्या समाधान हुनछ । यसका साथै एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाएर दाग भएको ठाउमा लगाई २५ मिनेटपछी धुनुहोस्, यो प्रकृया नियमित गर्नाले पनि अनुहारका दाग धब्बाहरु हराउदै जान्छन् ।

pimples-of-face-650x276ओखरको भित्रको दानालाई मसिनोसंग पिसेर त्यसमा केही दहि र केही थोपा बदामको तेल प्रयोग गर्नुहोस्, यस्तो मिश्रणलाई अनुहारमा लगाउनाले उनुहार चम्किलो हुनुका साथै दागहरु हटेर जान्छ ।

यदि तपाईको छाला निकै चिल्लो छ भने यस्तो छालाका लागि अण्डा र गहुँको पिठोको प्याक बनाएर नियमित अनुहारमा लगाउनाले छालाको तेललाई नियन्त्रण गर्दछ ।

राति सुत्ने बेलामा अनुहारमा जैतुनको तेल प्रयोग गर्नाले अनुहारलाई नरम बनाउनुका साथै छालामा जमेका काला दागहरुलाई नियन्त्रण गर्ने काम गर्दछ ।
केरा, मौषम, अण्डाको प्याकले अनुहारमा भएका दाग धब्बाहरु नियन्त्रण गर्नुका साथै चम्किलो तथा गोरो अनुहार प्राप्त गर्न सकिन्छ ।

tamatoगोलभेँडा, कागती र अण्डाको प्याक बनाएर अनुहारमा लगाउनाले पनि डण्डीफोर, तथा काला दागहरु हटेर स्वस्थ अनि चम्किलो अनुहार प्राप्त गर्न सकिन्छ ।

21828-1_nघामले डढेर कालो भएको अनुहारलाई काँचो दुधले मालिस गर्नाले पनि धेरै फाइदा हुन्छ ।

"Love & Other Drugs" Press Conference In Sydneyखैरो चिनि, कागती र नरिवलको तेल मिसाएर मालिस गर्नाले घामले डढेको छालालाई सञ्चो बनाउने काम गर्दछ ।

Green-Cucumber-green-34692096-760-491काँक्रोको मसिनो पेष्ट बनाएर, मुल्तानी माटो र रोज बाटरको प्याक बनाएर लगाउने गरेमा पनि लगभग एक हपतामै केही फरक अनुहार पाउन सकिन्छ ।

saltएक चँमच नुनमा आधा चम्मच खाने सोडा र एक चम्चा मह राखेर घोल्नुहोस्, यस्तो पेष्टले अनुहारमा मसाज गर्नाले तपाईले चाहेजस्तै गोरो तथा चम्किलो अनुहार पाउन सक्नुहुन्छ । स्वास्थ्य खबरपत्रिका

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३१४:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मानब शरीरसंग संबन्धी यस्ता ५० अनौठा तथ्यहरु, जानिराखे राम्रो