लसुन र मह मिलाएर खानुहोस, यस्ता छन् फाईदाहरु !

बिगुल स्वास्थ्य, काठमाडौँ । रसियन पेन्सिलिन भनिएको लसुनलाई परापूर्वकालदेखि पेटको समस्या, परजीवीको संक्रमण र कुष्ठरोगको उपचारमा प्रयोग गरिँदै आएको छ ।  वास्तवमा हामीले स्वस्थ रहन लसुन खाने गर्नुपर्छ ।  यो प्राकृतिक एन्टिबायोटिक हो ।  रुघाखोकी लाग्दा वा नाक बग्दा लसुनको प्रयोग गरेमा फाइदा पुग्छ ।  लसुनलाई पिसेमा वा चपाएमा त्यसका रसायन मिसिएर एलिसिन बन्छ ।  एलिसिनले हाम्रो शरीरलाई ऊर्जावान बनाउँछ ।  उच्च रक्तचाप, भाइरल संक्रमण, व्याक्टेरियल संक्रमण, ढुसीको संक्रमणलाई एलिसिनले नियन्त्रण गर्दछ ।

कैयौँ अनुसन्धानबाट देखिएअनुसार लसुनले केही प्रकारका क्यान्सरको उद्गम रोक्छ ।  प्राचीन ग्रीसमा संक्रमण रोक्न तथा फोक्सो र रगतको विकार हटाउन लसुन प्रयोग गरिन्थ्यो ।   शक्तिशाली एन्टिअक्सिडेन्ट लसुनले क्याम्पाइलोब्याक्टर जेजुनीलाई निस्तेज पार्ने परीक्षणबाट देखिएको छ ।  लसुन प्रयोग गर्नु पहिले ध्यान दिनुपर्ने महìवपूर्ण कुरा के छ भने जहिले पनि लसुनलाई पिसेर मात्र प्रयोग गर्ने ।  लसुन पिसेर १० मिनेट जति त्यतिकै छाडेमा एलिसिन तìव पूर्णरूपमा सक्रिय हुन्छ ।

उपचारका लागि लसुनको उपयोग
लसुनको चियाः एक टुक्रा अदुवालाई तीन कप पानीमा १५ मिनेट उमाल्ने ।  त्यसमा दुई चाना लसुनको मिसाउने र पाँच मिनेट जति राख्ने ।  स्वादका लागि मह मिसाउन सकिन्छ ।  रुघाका लागि लसुनः लसुनको दुई चानालाई पिसेर एक वा दुई कप पानीमा राखेर तुरुन्तै पिउने ।  त्यस लगत्तै एक गिलास शुद्ध पानी पिउने ।  दिनमा केही घण्टाको अन्तरालमा यसो गरिरहने ।  यदि लुसन अलि बढी नै भयो भन्ने लाग्छ भने मह मिसाएर खान सकिन्छ ।

लसुन र महः 

कफ लागेको अवस्थामा लसुनको एक चाना पिसेर एक चम्चा शुद्ध मह मिसाउने ।  यो मिश्रणलाई तुरुन्तै खाने ।  त्यसपछि एक गिलास पानी पिउने ।  दिनमा तीन पटक यसो गर्नुपर्छ ।  एजेन्सी

प्रकाशित : आइतबार, जेठ ०२, २०७३११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता चिज एकै चोटी खाँदै त हुनुहुन्न ? सावधान यता हेर्नुहोस् ।