गर्भवती हुँदा छुटाउन नहुने यि १० कुरा !

बिगुल स्वास्थ्य, काठमाडौँ । गर्भावस्थामा डक्टरको सल्लाह अनुसार आराम तथा खानपानमा ध्यान त दिनुहुन्छ नै तर तपाई हामीलाई थाह नै छ भनेर पनि यस्ता कुराहरु डाक्टरले भन्न बिर्सन्छन् कतिपय अवस्थाहरुमा । यस्तो प्रकारको खानपानले तपाईको शिशु मात्र नभएर तपाईलाई पनि गर्भाअवस्था पछीको समयमा निकै स्वस्थ रहन मद्धत गर्दछ । त गर्भावस्थामा रहंदा कस्ता खानेकुराहरु खानुपर्ने हुन्छ जुन छुटाउनै नहुने खानेकुराहरुको सूचिमा पर्दछ ।

गर्भावस्थामा गर्न नहुने कुराहरु यो पनि पढ्नुहोस् ।

गर्भवती महिले यस्ता खाने कुरा खान अत्यन्तै जरुरी हुन्छ ।

अण्डा : 

बच्चाको मस्तिष्क, आँखा तथा शरीरको समग्र बिकासमा सघाउने अण्डामा अत्यधीक मात्रामा प्रोटिन, क्लोरिन तथा ओमेगा फ्याट ३ हुने भएकाले गर्भवती महिलाले अण्डा खाने गरेका स्वस्थ तथा तन्दुरुस्त बच्चा जन्मीने संभावना रहन्छ ।

गेडागुडी :

गेडागुडीमा प्रसस्त मात्रामा फाइबर र प्रोटीन हुन्छ । जुन गर्भवती महिलाको लागि मात्र नभएर हुर्किरहेको शिशुको स्वास्थ्यका लागि फाईदाजनक साबित हुन्छ । यसको सेवनले कब्जियत र हेमोरोइडबाट बचाउनमा प्रभावकारी भुमिका खेल्दछ ।

साल्मन : 

साल्मन एक ओमेगा ३ एसिडको मुख्य श्रोत हो जुन गर्भवती महिला तथा शिशुका लागि अति नै आवश्यक हुन्छ । यसमा पर्याप्त मात्रामा भएको भिटामिनको सहयोगले बच्चाको आँखा, मस्तिष्क मात्र होइन् समग्र शरीरको बिकास तथा स्वास्थ रहन ठुलो भुमिका खेल्दछ ।

गुलियो आलुः 

भिटामिन ए, बी र सीयुक्त यो आलु पनि गर्भवती महिलालाई उत्तिकै लाभदायी छ । भिटामिन ए आमा र कोखमा रहेको बच्चाको लागि अपरिहार्य छ । भिटामिन बीले मर्निङ सिकनेसबाट बचाउनुका साथै गर्भअवस्थामा रक्त कोषिका निर्माण गर्न सहयोग गर्छ । भिटामिन सि शरिरलाई चाहिने आइरन लिनका लागि पनि आवश्यक पर्छ ।

समग्र अनाजः 

आइरन, सेलेनियम, म्याग्नेसियम, भिटामिन बी, आइरन फाइबरयुक्त अनाजले बच्चाको बृद्धि गर्छ । प्राय अनाजमा प्रर्याप्त फाइबर हुन्छ । फाइबरले कब्जियतबाट समेत बचाउछ ।

ओखरः 

ओमेगा ३ युक्त ओखरले बच्चाको दिमागको विकास र समग्र स्वास्थ्यमा महत्वपूर्ण मानिन्छ । मोनोस्याचुरेटेड फ्याट हुने ओखरले कोलेस्ट्रोल घटाउनुका साथै मुटुसम्बन्धि अन्य रोगबाट बचाउछ ।

दहीः 

क्याल्सियमको महत्वपूर्ण स्रोत दहीले बच्चाको हड्डीलाई मजबुत बनाउछ ।
फलफुल तथा सागसब्जीः अनार, स्याउ अंगुर, केरा, आप लगायतका मौसमी फलफुल, गाजर, साग, ब्रोकाउली लगतयका प्रशस्त हरियो सब्जी खुवाउनुपर्छ ।
प्रकाशित : आइतबार, जेठ ०२, २०७३०९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लसुन र मह मिलाएर खानुहोस, यस्ता छन् फाईदाहरु !