खाना खाने बित्तकै यस्तो गर्ने बानी हुनसक्छ निकै घातक !

बिगुल स्वास्थ्य, काठमाडौँ । आजको ब्यस्त जिवन शैलिमा मानिसहरुको दैनिकि यतिसम्म माथि पुगेको छ की भागदौडमा आफ्नो अथवा परिवारको हेरबिचार गर्न भ्याएका हुदैनौँ । जसका कारण हाम्रो स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ ।
यदि तपाई यसरी खाना खाने बानी बसाल्नुभएमा निकै स्वस्थकर हुन जान्छ । हाम्रो कतिपय यस्ता बानीहरु हुन्छन्, जुन बानीहरु हामीले पनि ख्याल पूर्याएका हुदैनौ । कतिपय यस्ता बानीहरुले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पारेको हुन्छ । सही भोजनबाट हाम्रो नियमित सन्तुलन हुनुका साथै स्वास्थ्यमा पनि सकारात्मक सुधार देखिन थाल्छ ।

खाने खाने बित्तीकै यस्ता कार्यहरु गर्दा फाईदा हुनसक्छ ।

फलफुलको सेबन
खाना खाने बित्तिकै फलफुल खाने बानीको बिकास गर्नाले शरीरमा न्यूट्रीशन को मात्रा पूरा हुनुका साथै दुब्ला मानिसहरुलाई मोटाउन सहयोग पूर्याउछ । यसैले खाना खाएको एक घण्टा पछी मात्रा फलफुलको सेवन गर्नुहोस् ।

धेरैजसो मानिसहरु खाना खाएको केही समयमै चिया पिउने बानी हुन्छ । तर यस्तो बानीले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । किनकी यसमा एसिडिक तत्वहरु उच्च मात्रामा हुन्छन् । जसकारण प्रोटिन सहि तरिकाले पच्न गाह्रो पर्न थाल्छ । यसले कब्जीयत गराउने संभावना अधिक रहन्छ ।

खाना खानु लगत्तै धुम्रपान गर्नु निकै खतरनाक साबित हुन सक्छ जसकारण क्यानसर जस्तो प्राणघातक रोग लाग्न सक्छ । यसैगरी स्वासप्रस्वास सम्बन्धी रोग लाग्न सक्ने संभावना प्रबल हुन्छ ।

खाना खानु लगत्तै नुहाउनु स्वास्थ्यका लागि खतराको संकेत हुन जान्छ । यसले हाम्रो शरीरमा रक्त्तसञ्चार प्रकृयामा खलल पुग्दछ । यसो गर्नाले शरीर चिसो हुन्छ जसकारण एसिडिटी, कब्जीयत जस्ता समस्याले सताउन सक्छ । खाना खाएको एक घण्टा पछी नुहाउनु उचित हुन्छ ।

खाना खाने बित्तिकै ब्रस गर्नाले दाँतमा प्रतिकुल असर पर्न सक्छ । गुलियो तथा अमिलो खाएपछी दाँतको पहिलो त कमजोर बन्न पुग्छ यस्तो अवस्थामा ब्रस गर्नुभएमा सो कमजोर भागमा दबाब पर्दछ ।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७३१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओठ फुट्ने समस्यावाट छुटकारा पाउन चाहनुहुन्छ ? यता हेर्नुहोस् ।