बदनाम नै हुनेगरी खुट्टा गन्हाएर तनाब, यता हेर्नुस एक पटक 

बिगुल स्वास्थ्य, काठमाडौँ । चाहे तपाईको साथि होस् या प्रेमीका खुट्टा ठस्स गन्हायो भने सहेर बस्न त निकै गाह्रो हुन्छ होला । कतिपयको त झनै सासै फेर्न नसकिने गरी गन्हाउछ खुट्टा ।
मान्छे राम्रो अनि चिटिक्क परेर हिड्नु हुन्छ, सुटबुट टाइकोट तथा ब्यक्तित्व पनि त्यस्तै आकर्षक कुनै स्थानमा जुत्ता खोल्नुपर्ने अवस्था आयो तपाई निर्धक्क सँग जुत्ता खोलेर जानुहुन्छ या गन्हाउने डरले जुत्ता संग नै भित्र जानुहुन्छ या अन्य कुनै बाहाना बनाउनुहुन्छ । या परफ्युम मात्र लगाएर बस्नुहुन्छ, कतिपय अवस्थामा त परफ्युम पनि उल्टो असर देखाउन थाल्छ, लगाएको केही समयपछी परफ्युम संग प्रतिकृया गरी झन गन्हाउन थाल्दछ यस्तो भएमा के गर्ने आउनुहोस चर्चा गरौँ ।
हामीलाई पर्ने शारीरिक तथा मानसिक तनाबको असर खुट्टा मा पनि देखिन थाल्दछ । पसिनायुक्त खुट्टा को कारणले दुर्गन्ध आउने संभावना प्रवल हुन्छ । शरीरको अन्य भागमा आउने पसिनाको तुलनामा खुट्टामा नै आउने पसिना किन गन्हाउछ त ?
हाम्रो एउटा खुट्टा २६ वटा हड्डी, २३ वटा जोर्नी, १०७ वटा अस्थिपञ्जर र १९ वटा मांसपेशीहरुको सहायताले बनेको हुन्छ । त्यसैगरी दुबै खुट्टाका गरी २,५०,००० पसिनाका ग्रन्थिहरु ले दिनमा एक कप पसिना निकाल्ने काम गरेपनी सधै दुर्गन्ध आउने कारण पसिना मात्र नहुन पनि सक्छ ।
यस्तै कारणहरुले गर्दा हाम्रो शरीर कुनै ब्याक्टेरीया बिना बाँच्न सक्दैन्, हाम्रो शरीरमा हजारौँ सूक्ष्म जिवाणुहरु बाँचीरहेका हुन्छन्, त्यसैअनुरुप हाम्रो छालामा पनि नगन्य मात्रामा ब्याक्टेरीयाहरु बसेका हुन्छन् । जब हाम्रो शरीरबाट कुनै दुर्गन्ध आँउदैन तबसम्म हामी यस्ता ब्याक्टेरीयाहरुको बारेमा सोच राख्दैनौँ । ख्याल गर्दैनौँ ।
साधारणतया : “स्टेफिलोकोकस एपिडर्माडिस” र “ब्यासिलस सब्टाइलिस”  नामक दुई शुक्षम ब्याक्टेरियाहरुलाई न्यानो र ओशीलो ठाँउ मन पर्ने भएकाले हाम्रो खुट्टामा बस्ने गर्दछन् । जुन न्यानो हामीले मोजा लगाउदा हुन जान्छ । यस्ता प्रकारका दुई ब्याक्टेरीयाहरुले हाम्रो खुट्टामा हुने एक्राइन ग्रन्थिबाट निस्कने पसिनामा पाईने “एमिनो एसिड” र “ल्युसाइन” नामक रसायनिक पदार्थ खाने गर्दछन् । यस्ता ब्याक्टेरीयाहरुले पनि मानिसले जस्तै खाएपछी केही बिसर्जन गर्ने गर्दछन् । उक्त ब्याक्टेरीयाले ल्युसाईन नामक रसायनीक पदार्थ खाएपछी, “आइसोभ्यालेरिक एसिड” नामक ग्याँस पदार्थ बिसर्जन गर्ने हुनाले त्यही ग्यास नराम्रो गन्ध आउने गर्दछ । जस्तो दुर्गन्ध सबैको खुट्टावाट उस्तै प्रकारको आउने गर्दछ ।
तर, अर्को ब्याक्टेरीया ब्यासिस सब्टाइलिस ले भने हाम्रो खुट्टाको पसिना नखाई पाइतलाको नरम छालालाई खाने गर्दछ यसले सल्फर नामक ग्यास बिसर्जन गर्ने गर्दछ, जसको असर स्वरुप अझ नराम्रो दुर्गन्ध निस्कने गर्दछ ।
बास्ववमा भन्ने हो भने हाम्रो खुट्टाबाट निस्केको पसिना गन्हाएको होईन कि यो त ब्याक्टेरीयाको कारण यस्तो नराम्रो दुर्घन्ध आउने गर्दछ ।

 

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७३०७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ठुस्स गन्हाउने खुट्टाको दुर्गन्ध हटाउने कसरी ? जानिराखौ !