ठुस्स गन्हाउने खुट्टाको दुर्गन्ध हटाउने कसरी ? जानिराखौ !

बिगुल स्वास्थ्य, काठमाडौँ । हामीहरु तपाईलाई अघिल्लो श्रृङखलामा खुट्टा कसरी गन्हाउछ र किन गन्हाउछ भन्ने बिषयमा चर्चा गरेका थियौँ । अरु भन्दा पनि कुनै बिशेष समाहरोहमा बिशेष मानिसहरुका माझमा यसरी खुट्टा गन्हाएको खण्डमा या त चुप लागेर गन्ध सहनु नै बेश हुन्छ, या त तल दिएका उपायहरुवाट यस्तो समस्याको दिर्घकालिन समाधान पाउन सकिन्छ ।
१. नुनपानीमा खुट्टा डुबाउने

युनिभर्सिटी अफ पेन्सलभेनियाका अनुसार नुनका कारण खुट्टामा रहेका ब्याक्टेरिया को बाँच्न सक्ने संभावना कम हुनुका साथै खुट्टालाई सुख्खा राख्नमा सहयोगी सिद्ध हुन जान्छ । त्यसका लागि एउटा भाँडामा आवश्यकता अनुसार मनतातो पानी राखि २/३ चच्मच नुन राखी मजासंग फिट्नुहोस् । सो मिश्रणमा २० मिनेट जति खुट्टा डुवाएर राख्नुहोस्, यस्तो प्रकृया १ हप्तासम्म गरेमा तपाईको खुट्टावाट गन्ध आँउदैन् ।

२. भिनेगरको मिश्रण्मा खुट्टा डुबाउने

खुट्टामा दुर्गन्ध फैलाउने ब्याक्टेरीयालाई जरैबाट हटाउन चाहना राख्नुभएको छ भने भिनेगरको प्रयोग गर्नुहोस् । यउटा भाँडामा मनतातो पानी राखेर त्यसको आधाभागजती भिनेगर मिलाउनुहोस्, सो मिश्रणमा ३० मिनेटजती आफ्नो खुट्टा डुवाएर राख्नुहोस्, एक हप्ता सम्म यसो गर्नुभयो भने दर्गन्ध सदाका लागि समाप्त हुनेछ ।

३. चियापत्तीले खुट्टा भिजाउने

सुन्दा पनि अचम्म लाग्यो होला हामीले दैनिक पिउने चियामा पनि यस्तो शक्ति हुन्छ भन्ने कुरा, यो सतप्रतिसत शही को कि कालो चियामा हुने एक प्रकारको रसायनले हाम्रो पाइतलामा हुने साना प्वालहरुलाई टाल्ने हुनाले त्यहा ब्याक्टेरीयाहरु बस्ने संभावना हुदैन् । यसले प्राकृतीक एन्टिबायोटिकको काम गर्न सक्छ । एक कप जती पानीमा २ चम्चा कालो चिया राख्नुहोस्, १० मिनेटजती उमालेर मनतातो गराउनका लागि थोरै चिसो पानी मिसाउनुहोस् र मजासंग खुट्टा धुनुहोस् । यो प्रकृया १ हप्तासम्म दोहोर्याउनु भएमा तपाईको समस्या समाधान हुन्छ ।

४. सहि र आरामदायी जुत्ता लगाउनुहोस्

नाइनलबाट बनेका जुत्ता तथा मोजाहरुले खुट्टा ओसिलो बनाउनुका साथै ब्याक्टेरीया आकर्षित गर्ने तथा दुर्गन्ध बढाउने काम बढी गर्दछ । त्यसैले उन तथा अन्य कपडाबाट बनेका कपडाहरुमा यस्तो समस्या हुदैन् । जसले खुट्टामा हाबा आवतजावत गराउनुका साथै सुख्खा राख्ने काम गर्दछ । यसो गर्नाले दुर्गन्ध आउने संभावना टरेर जान्छ ।

५. पफ्र्युम को प्रयोग गर्नुहोस्

खुट्टामा पफ्र्युम लगाउनाले खुट्टा सुख्खा हुनुका साथै ब्याक्टेरिया लाई पनि हटाउने काम गर्दछ । अन्तमा माथिका उपाहरु अपनाउनुका साथै निरन्तर खुट्टा को सफाई गर्नुहोस्, लगातार दुई दिन भन्दा बढी एउटै जुत्ताको प्रयोग नगर्नुहोस् । जुत्ता तथा मोजा धोएर मात्र लगाउने बानी बसाल्नुहोस्, यस्ता उपायहरु अपनाउदा पनि तपाईको खुट्टा गन्हाउन छोडेन भने तुरुन्त चिकित्सक संग सल्लाह लिनुहोला ।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७३०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईमा सेतोपानी बग्ने समस्या छ, के कारणले यस्तो हुन्छ, अनि यस्तो बेलामा के गर्ने ?