मोजा गन्हाउने समस्याबाट छुटकारा पाउने सजिला ७ उपाय – जानी राखाैँ

जुत्ता वा मोजा गन्हाउने समस्या सामान्य त सबैमा हुन्छ भने कतिपयमा भने यो समस्या अति नै हुन्छ । कहिलेकाही त यही समस्याका कारण धेरै नै असहज नै महसुस गर्नु पर्ने अबस्था पनि आउँछ । तयसमाथि पनि गर्मी मौसममा त झन यो समस्या बढी हुने गर्छ । त्यसैले यस्तो समस्याबाट छुटकारा कसरी पाउने भन्ने कुराको सबैलाई चिन्ता हुने गर्छ ।  यो समस्याबाट कैयाैँ मानिस वाक्क भएका पनि हुन्छन् । यस्ताे समस्याबाट मुक्त हुने केही साधारण उपाएहरू छन् , ती उपायहरू अपनाउनु भयाे भने यस्ताे समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

१. खुट्टा सफा गर्दा व्याक्टेरिया मार्ने साबुन प्रयोग गर्नुहोस् । विशेषगरी औलाको कापलाई राम्रोसँग धुनुहोस् । खुट्टा तथा औलाका कापलाई सुख्खा राख्नुहोस् । यदि औलाका कापलाई राम्रोसँग सफा नगर्ने हो भने त्यहीबाट किटाणु पैदा हुन्छन् ।

२. जुत्ता लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । खुट्टा गन्हाउने मुख्य कारण भनेको पसिना बढी आएर हो । यसकारण मोजा लगाउनु अघि पसिना अनाउने औषधीलाई मोजामा राख्नुहोस् जसले गर्दा पसिना आउदैन् ।

३. खुट्टामा लगाउने विभिन्न पाउडर बजारमा किन्न पाइन्छ । यदि खुट्टा गन्हाएर हैरान हुनुभएकाृे छ भने यस्तो पाउडर किनेर लगाउन सक्नुहुन्छ । यस्ता पाउडरले पसिनालाई सोस्दछन् र गन्धलाई कम गर्दछन् ।

४. भिनेगर (एक प्रकारको अमिलो) मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्ने हो भने पसिना निकै कम आउँछ । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिदैन ।

५. बाहिर निस्कदा सकेसम्म जुत्ता नलगाउनुहोस् । जुत्ताको सट्टा चप्पल लगाउनु भयो भने तपाईको खुट्टामा पसिना जम्मा हुन पाउँदैन । साथै चप्पल लगाउँदा पसिना पनि कम आउने गर्दछ ।

६. मोजा तथा खुट्टा गन्हाउने एउटा कारण भनेको सधैं एउटै मोजा लगाउनु हो । यो समस्याबाट मुक्त हुनका लागि मोजालाई फेरिराख्नु पर्दछ । यदि सक्नुहुन्छ भने पसिनाले मोजा भिज्नासाथ खुट्टा धुनुहोस् र अर्को फेर्नुहोस् । यदि खुट्टा धुने ठाउँ नभएको ठाउँमा जानुभएको छ भने पसिना पुछ्ने पेपर लिएर जानुहोस् र आफ्नो पसिना पुछ्नुहोस् ।

७. बजारमा पाइने ल्याभेण्डर (एकप्रकारको सुगन्धित फूल)को तेल प्रयोग गरेर पनि खुट्टा तथा मोजा गन्हाउने समस्याबाट मुक्त हुन सकिन्छ । ल्याभेण्डरमा किटाणु मार्ने तत्व रहेका हुन्छ । यस कारण आधा लिटर तातो पानीमा ३ थोपा ल्याभेण्डरको तेल राख्नुहोस् र १५/२० मिनेट त्यो पानीमा आफ्नो खुट्टा डुबाउनुहोस् ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७३०३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दम रोग छ भने अपनाउनुहोस, यस्ता घरेलु उपायहरु !!!