दम रोग छ भने अपनाउनुहोस, यस्ता घरेलु उपायहरु !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । स्वासप्रश्रवास तथा फोक्सोमा असर पार्ने एक प्रकारको रोगलाई हामी दम रोग भनेर जान्न सकिन्छ । नेपाल लगायत बिश्वका लाखौँ युवा युवती तथा बृद्ध बृद्धाहरुलाई यस्तो प्रकारको रोगले बर्षेनी आफ्नो सिकार बनाईरहेको छ । बर्षेनी यो रोगले आफ्नो जरा बिस्तार गर्दै गएकाले यस्तो प्रकारको रोग कसरी र किन लाग्छ । बास्तवमा दम रोग के हो र यसबाट कसरी बच्न सकिन्छ आउनुहोस्, यसबारे केही चर्चा परिचर्चा गरौँ ।
जब कुनै रोग कसरी लाग्दछ भन्ने थाह हुनु नै यसको रोकथामका उपायहरु पनी अपनाउन सकिन्छ भन्नु हो ।
हामीले नाक तथा मुखबाट लिएको स्वास अर्थात हाबा स्वासनली हुदै फोक्सोमा पुग्दासम्म स्वासनली निकै साँघुरो हुन पुग्दछ किनकी स्वासनली कै माध्यमबाट शरीरका बिभिन्न स्थानमा हाबा पुग्ने भएकाले यसको बिभाजन गरीएको हुन्छ । फोक्सो भित्र स्वासनलीका बिभिन्न अंगमा पुग्ने हाँगाहरु बिभाजन भएको हुन्छ ।
यदि हामीलाई दम रोगले सताएको छ भने यो निश्चीत नै हुन्छ कि हाम्रो स्वासनली फुलेको अथवा सुनिएको हुन्छ । धुलो धुंवा तथा बिभिन्न प्रकारका तनाबहरुले गर्दा स्वासनलीका दवाब थपिदै जान थाल्दछ । यस्तो प्रकृया बढ्दै जाँदा स्वासनलीमा बाक्लो खकार जम्मा हुनुका साथै हामीलाई स्वासप्रस्वास मा बाधा उत्पन्न हुन थाल्छ । यस्तो अवस्थामा दमघात हुन गई प्राणघातक रोगको सिकार हुनुपर्ने अवस्था पनि आउन थाल्छ । त्यसैले समयमै सचेत हुनु जरुरी हुन्छ ।

कसरी थाह पाउने आफुलाई दम रोग भएको कुरा एक पटक बिचार गर्नुहोस त, के रातको समयमा निकै खोकी लाग्छ ।
के स्वास फेर्दा छाती दुख्ने तथा गाह्रो हुने गर्दछ ।
कुनै बेला लामो स्वास फेर्दा छाती दुख्ने तथा स्वास नआएको जस्तो हुन्छ ?
यदि तपाई या तपाईका कुनै परिवारलाई यस्तै लक्षण हरु देखीएका छन् भने पक्कै पनि दम भएको हुन सक्छ ।
दम रोग लाग्न नदिन के के गर्ने त ?
दम रोग लाग्न नदिन धेरै घरेलु उपायहरु पनि छन् तर रोग लागिहालेमा पनी यस्ता उपायहरु अपनाएमा यस्तो प्रकारको रोगवाट छुटकारा पाउन सक्ने संभावना रहन्छ । तर रोगले निकै च्यापेको छ भने तुरुन्त स्वास्थ्य संस्था वा डक्टर संग सल्लाह लिनुहोस् ।

१. अदुवा Ginger

दम जस्तो प्राणघातक रोगको लागि अदुवा प्राकृतीक तथा घरेलु औषधी हो । अदुवाको प्रयोगले सुन्नीएको स्वासनलीलाई ठिक पार्नुका साथै स्वासप्रस्वास प्रकृया सहज बनाउने काम गर्दछ ।
अदुवाको जुसमा अनारको जुस र मह बराबर मात्रामा मिसाई दिनमा ३ पटक सम्म एक च्म्चा सेवन गर्नुहोस् ।
सुकेको अदुवालाई मसिनो पारी पिसेर दैनिक एक चम्चा धुलो मनतातो पानीमा मिसाएर पिउनुहोस् यसले पनि दमको रोगलाई निको पार्नमा सघाउछ ।
एक इन्च अदुवालाई पानीमा दश मिनेट सम्म उमालेर पिउनाले पनी दम रोगबाट राहत पाउन सकिन्छ ।
काँचो अदुवा नुन मिसाएर चपाउन पनी सकिन्छ ।

२. तोरीको तेल Mustard-Oil-for-Asthmaअलिकती तोरीको तेल कपुरको धुलोसँग तताएर केही समय चिसो हुन दिनुहोस् त्यस पश्चात बिरामीको छाती 
तथा ढाडमा हलुका मसाज गर्नुहोस् ।
यसो गर्दा स्वासनली खुल्नुका साथै दम भएका सबरामीलाई आराम मिल्दछ ।

 

३. लसुनlasun
दम भएका बिरामीले सुरुवातीका क्रममा लसुनको प्रयोग गर्दा फोक्सोमा पर्ने दबाव कम हुन जान्छ । 
एक कप दुधमा दुई केस्रा लसुन राखेर उमाल्नुहोस् । सामान्य तापक्रममा यतिकै चिस्याउनुहोस् । ता कि 
तपाईलाई पिउन सहज होस् । यसरी पिउनाले पनि दमको रोगवाट राहत पाउन सकिन्छ ।

 

४. कफी coffeeकफीमा भएको “क्याफिन” ले स्वासप्रस्वास मा सहयोग पूर्याउछ । कफि जति कडा भयो त्यती नै राम्रो हुन्छ ।
यसले स्वासप्रस्वासमा शहज हुन्छ । दिनमा ति पटक भन्दा बढी कफीको सेवन गर्नुहुदैन । 
तर दम बढेको बेला कफी पिउनुहोस तर यसले आराम हुन्छ भन्दैमा हरेक पटक दमले सताउदा यसको प्रयोग 
गर्ने बानी भने बसाल्नुहुदैन् ।

 

५. प्याँज onionsदमले सताएको बेला मन पर्छ भने काँचो प्याज प्रयोग गर्न सकिन्छ यदि मन पर्दैन भने बफाएको प्याज पनि 
ठिकै हुन्छ । प्याज चपाउनाले यसमा भएको सल्फरले सुनिएको स्वासनलीलाई राहत पुग्छ । यसमा हुने जलन
प्रतिरोध गर्न सक्ने तत्वले दमरोगले सताएका बेला प्रयोग गरेमा दुखाई तथा जलन कम हुन जान्छ ।
 ६. कागतीlemonदमबाट ग्रसीत भएका मानिसहरुमा भिटामिन सि को कमी भएको पाइएकाले कागती जस्तो भिटामिन सि को 
श्रोत प्रयोग गर्नु उचित हुन्छ, जसमा एण्टिअक्सिडेन्टहरु प्रसस्त मात्रामा पाईन्छ ।  बिहान को समयमा एक 
ग्लास मनतातो पानीमा एउटा कागतीको रस हालेर खानाले दिनभर नै दमले आक्रमण गर्ने संभावना कम हुन्छ ।
प्रकाशित : बिहिबार, बैशाख ३०, २०७३०५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईलाई थाह छ ? दम रोगि ले यसो गर्नु हुदैन नी ।