उत्तर शिरानी गरेर सुत्न नहुनुका कारणहरू यी हुन् जानी राखाैँ !

उत्तर शिरानी गरेर सुत्दा भुत तथा प्रेतात्मा आउने आम विश्वास रहेको छ । यो कुरा अन्धविश्वास जस्तो लागेता पनि यसभित्र वैज्ञानिक कारण लुकेको छ । पृथ्वीमा चुम्बक वा चुम्बकीय क्षेत्र छ भन्ने हामी सबैलाई थाहा छ । त्यस्तै हाम्रो शरीरमा पनि आफ्नै खालको चुम्बक वा चुक्बकीय क्षेत्र रहेको हुन्छ ।

जव हामी दक्षिण शिरानी गरेर सुत्छौ तव हाम्रो शरीरमा भएको चुम्बक र पृथ्वीमा भएको चुम्वकको विपरित ध्रुवले एक अर्कालाई आकर्षण गरिरहेका हुन्छन् । जसको फलस्वरुप शरीरमा कुनै पनि किसिमको तनाव उत्पन्न हुदैन । र विहान उठ्दा हामीले रातमा शान्तसँग र पूरा निदाएका कारण विहान उठ्दा आराम तथा आनन्दको महसुस गर्दछौं । त्यस्तै पूर्व शिरानी गरेर सुत्दा सूर्यको किरण टाउको हुदै खुट्टाबाट निस्कन्छ । जसका कारण टाउको निकै शान्त र खुट्टा न्यायो हुन्छ ।

तर पश्चिम र उत्तर शिरानी गरेर सुत्दा ठिक उल्टो अनुभव हुन्छ । पश्चिम सिरानी गरेर सुत्दा टाउको तात्ने र खुट्टा चिसो हुन्छ जसका कारण असहज महसुस हुन्छ । त्यस्तै उत्तर शिरानी गरेर सुत्दा पृथ्वीको चुम्बकका कारण हाम्रो शरीरमा भएको फलाम दिमागमा गएर जम्मा हुन्छ । फलस्वरुप शरीरमा उत्पन्न तनावका कारण हाम्रो टाउको दुख्दछ र हामीले असहज महसुुस गर्दछौ । यसले गर्दा धेरै खालका मानसिक तनाव जस्तै अल्जेमेयर, पार्किन्सन्स र अन्य दिमागी समस्या देखा पर्दछन् । यही कारणले नै हाम्रा पुर्खाहरुले कि पूर्व शिरानी गरेर कि दक्षिण शिरानी गरेर सुत्नुपर्छ भनेका हुन् ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित : आइतबार, बैशाख २६, २०७३०३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुन्दा पनि अचम्म लाग्छ केराको डाँठको जुस, तर आश्चर्यजनक फाइदा !!!