सुन्दा पनि अचम्म लाग्छ केराको डाँठको जुस, तर आश्चर्यजनक फाइदा !!!

केराको फलमात्र होइन यसको फूल, पात र डाँठ पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।। धेरै केरा खाँदा तौल बढ्छ भन्ने परम्परागत मान्यता छ । वास्तवमा केरामा मानिसलाई शान्त पार्ने तत्व हुन्छ जसले पाचनप्रक्रियालाई सहयोग गर्नुका साथै मेटाबोलिजमलाई तीब्र बनाउँछ । घरमै मानिसको तौल घटाउनका लागि केराको डाँठ एउटा प्रभावकारी माध्यम हो ।
कसरी घटाउछ केराको डाँठले तौल
केराको डाँठ हाँगाँ मा फाइबरको मात्रा धेरै र क्यालोरी कम हुने भएकोले यसको जुसले लामो समयसम्म सन्तुष्टि दिन्छ । जसले कोषमा जम्मा हुने फ्याट र सुगर निस्कासन गर्ने प्रक्रियालाई ढिलाई गर्न सहयोग गर्नुका साथै उर्जा प्रदान गर्छ ।
केराको डाँठले कब्जियतलाई निर्मूल गर्नुका साथै पेट दुख्ने समस्या समेत निको पार्छ । डाँठको जुसमा हुने तत्व किड्नी स्टोनको आकार घटाई त्यसलाई घुलाउन सहयोग गर्छ किनकी यसले शरिरको काम नलाग्ने तरलाई पर्दाथलाई निर्मूल गर्न सहयोग गर्छ । जुसमा हुने फाइबरले कब्जियत निको पार्छ । यसलाई मदिरा र लागू औषधको कूलत हटाउन समेत प्रयोग गरिने बताइन्छ ।
कसरी प्रयोग गर्ने केराको डाँठ ?
डाँठको बाहिरी पात हटाई डाँठको भित्रि भागलाई टुक्रा टुक्रा काटेर जुस बनाउन सकिन्छ । टुक्रालाई मसिनो हुने गरी पिस्ने र डाँठबाट निस्कोको पानीलाई छानेर एउट भाँडोमा राख्ने । मिठो स्वादका लागि लाईम जुस पनि मिसाउन सक्नुुहुन्छ । यसलाई दैनिक खानुहोस ।
डाँठलाई दुधमा मिसाएर पनि खान सकिन्छ । रातभर डाँठका टुक्रालाई दुधमा भिजाउनहोस । बिहान राम्रोसँग घोल्नुहोस । यसमा अलिकति चिनि मिसाएर स्वादिलो बनाएर खान सक्नुुहुन्छ ।-एजेन्सी

प्रकाशित : आइतबार, बैशाख २६, २०७३०६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्लड सुगर, इंफेक्सन कम गर्ने र कान दुखाई ५ मिनेटमै निको पार्न एउटा अचुक उपाए