अनुहारको छालामा चमक चाहानु हुन्छ ? दैनिक ५ मिनेट समय छुट्याउनुहोस् ।

यौवनलाई दीर्घकालीन रूपमा स्वस्थ एवं कान्तिमय र अनुहारको छालाको चमक बनाउन दिनहुँ पाचँ मिनेट समय छुट्याउनु भयो भने तपाई पयाप्त हुन्छ । तपाईले यसका लागि तलको विधि प्रयोग गर्न सक्नु हुनेछ ।

काँक्रा : चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि यसले एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

Green-Cucumber-green-34692096-760-491

बेसार : काँचो बेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मालिसले केही दिनमै सम्पूर्ण शरीरको छालामा निखार आई छाला मुलायम, गोरो एवं बेदाग देखिन्छ ।

aaduha

मुसुरोको दाल : मुसुरोको दाललाई मोटो धूलो सुख्खा पाउडरजस्तो बनाई डब्बामा राख्नु भयो भने तपाईलाई दैनिक झन्झट झेली रहनु पर्दैन , यही मुसुरोेको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ ।

musuro

आलु : आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आँखामाथिबाट कोरेको आलु १५ मिनेटसम्म राखेर नियमित रूपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

aalu

गोलभेंडा : अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।
tomatarमह : महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुख्खा छ भने सधैं राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।अण्डा स् अण्डाको प्रयोगले अनुहारको कान्ति वृद्धि हुन्छ । छाला सुख्खा छ भने अण्डाको पहेंलो भागलाई साताको दुई पटक अनुहारमा लगाउने । छाला चिल्लो छ भने अण्डाको सेतो भाग लगाउने । सुख्खा छालामा पहेंलो भाग नियमित लगाए अनुहारको छाला कसिलो बनाउन हुन्छ ।

honey

मेवा : मेवामा पाइने एन्जाइमले छालाको मृतकोष हटाई नयाँ कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । मेवाको लेप लगातार केही महिना लगाउने हो भने छालाको सबै दाग हराउँछ ।

papyaदही : दही छाला र केश दुवैका लागि अत्यन्त लाभकारी छ । सुख्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुख्खा र सामान्य छाला सधैं चम्किलो देखिन्छ । छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुटकी बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ ।

dahi1
केरा :सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाइएको लेप लगाउने र २० मिनेटपछि सफा गर्ने । यो उपाय केही महिना नियमित अवलम्वन गरे छालामा एक प्रकारको चमक आउँछ र छाला छिट्टै चाउरी पर्दैन ।

banana

कागती : अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको महत्वपूर्ण भूमिका हुुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुख्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

leamon
तुलसीको पात: तुलसीका पातलाई कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा छालामा भएको दाग एवं चाउरी समाप्त हुन्छ ।

tulasi-573x330बदाम : बेलुका आधा कप दूधमा दुई९तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो पेस्ट बनाई सुख्खा छाला भएकाहरूले पूरा अनुहारमा लगाई २० मिनेटपछि सफा गर्ने । यो लेप सुख्खा छालाका लागि अत्यन्तै गुणकारी मानिन्छ । यसबाट छाला मुलायम एवं चम्किलो देखिन्छ भने छाला चाउरी पर्नबाट पनि जोगिन्छ ।badam
चना :चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनुपर्छ । यो उपाय अपनाउँदा अनुहारको छालाको सौन्दर्य वृद्धि हुन्छ ।

chana
जौ :जौको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०,१५ मिनेटपछि सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ ।

Grains of barley background and wooden spoon
Grains of barley background and wooden spoon

 

 

 

 

 

 

 

 

प्रकाशित : बुधबार, बैशाख २२, २०७३०९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह अघिको सेक्सबाट मैले सिकेका कुरा ?