विवाह अघिको सेक्सबाट मैले सिकेका कुरा ?

बिगुल स्वास्थ्य, संवाददाता काठमाडौँ । एक पाकिस्तानी मुस्लीम महिलाले आफ्नो बिवाह अघि गरेको सेक्स सम्बन्धको बिषयलाई लिएर यतिबेला पाकिस्तानमा निकै ठुलो बिवादीत बिषय बनेको छ । जेहरा हैदरको »वाइस» नामक एक पत्रिकामा प्रकासित बिवा अघी मैले गरेको सेक्स सम्बन्धबाट मैले सिकेका कुरा बिषयक सो प्रसारीत सामाग्री सोसल अनलाईनका माध्यमहरुमा बशस मात्र होइन भाइरल नै बनेको छ ।

क्यानेडाको टोरन्टो सहरमा बस्दै आएकी उक्त पाकिस्तानी महिला हैदरले आफ्नो १९ औँ जन्मदिनको पूर्वसन्ध्या मा पाकिस्तानमा विवाह अघि गरेको सेक्सका बारेमा एउटा अनुभव साटेकी थिईन् । विवा अगाडी नै उनले सेक्स गरेको थाह पाउने बित्तिकै उनका बाबुआमा एकदमै नाटकीय रुपमा प्रस्तुत हुनुका साथै उाहरुको कडा प्रतिक्रिया आएको उनले आफ्नो लेखमा समेटेकी छन् । उनका परिवारले बिवाह अघि सेक्स गर्नुहुदैन भन्ने बेफजुलका तर्कहरु प्रस्तुत गर्नुका साथै समाजमा ईज्जयत जान सक्ने डर देखाई धम्कीपूर्ण भाषाहरु प्रस्तुत गरेका थिए ।

पाकिस्तानमा पुरुषहरूले महिलालाई दबाएर राखेका हुन्छन् भन्ने उनको भनाइ छ । हैदरले विवाह अगाडि पुरुषले गर्ने सेक्सका विषयमा समाज मौन रहेको बताएकी छिन् । त्यसमा पनि मध्यम वा गरिव परिवारकी युवतीले विवाह अगाडि सेक्स गरेको थाहा पाइएमा कडा कारबाही हुने कुरा समेत बताईन । साथै उनले लेखमा पाकिस्तानमा युवतीले आफू ‘भर्जिन’ रहेको प्रमाणसमेत दिनुपर्ने प्रावधान रहेको  उल्लेख गरेकी छिन् ।– बीबीसीबाट साभार

प्रकाशित : बिहिबार, बैशाख २३, २०७३०६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुस यी घरेलु उपाय