के तपाईलाइ थाह छ ? कोकाकोला खाएपछी के हुन्छ ?

बिगुल स्वास्थ्य, काठमाडौँ । अहिलेको सामाजिक सञ्जालमा यतिबेला सफ्ट ड्रि«ङक्स कोकाकोला संग सम्बन्धीत खबर भाइरल नै बनेको छ । ब्रिटेनका एक नागरीकले यस्तो खुलासा गरेको कुरा डेलिमेलले प्राथमिकतामा ल्याएको छ । निरज माइकल नाम गरेका ब्रिटेनका पूर्व फार्मास्टिक निरज माइक नाम गरेका ब्यक्तिले आफ्नो ब्लगमा कोकाकोला सफ्ट ड्रिङक्स खाएपछी कस्तो प्रकृया हुन्छ भन्नेबारे यउटा लेख प्रकासित गरेका छन् । उनले ग्राफिक्स का माध्यम बाट खाएको एक घण्टा सम्म के के हुन्छ भन्ने कुराको जानकारी दिएका थिए । डेलिमेलले पनि उनको ब्लगलाई उदृत गर्दै कोल्ड ड्रिङक्सले शरीरको आवस्यक खनिज पदार्थ बाहीर ल्याई यसले गराउने मानसिक तथा शारीरिक बदलावका बारेमा उल्लेख गरेको छ ।

खाएको पहिलो १० मिनेट

कोकाकोला खाएको १० मिनेट भित्र २४ घण्टामा खाएको चिनिको मात्रा संग बराबर हुन जान्छ । अचानक यस्तो मिठो चिज खाइसकेपछी बान्ता हुने संभावना भएपनि यसमा राखिएको फास्टोरिक एसिडका कारण भने बान्ता हुदैन, बरु डकार आएर नै बान्ता हुने सम्भावना कम हुन्छ ।

खाएको २० मिनेट

कोकाकोला तथा यस्तै प्रकारका ड्रिङक्स पिउने हरुको पिएको २० मिनेट पछी ब्लड सुगर बढ्नुका साथै शरीरको लिबरले प्रतिकृया गर्नुका साथै मोटोपना बढ्न जान्छ ।

४० मिनेटमा

कोकाकोला पिएको ४० मिनेटपछी शरीरमा क्याफिनको मात्रा बढ्दै जान्छ, भने अर्कोतिर रक्तचाप बढ्न थाल्छ । यसै को फलस्वरुप लिवरले रगतमा चिनिको मात्रा बढाउनुका साथै मस्तिस्कमा रगत पठाउन कम गर्छ ।

४५ मिनेट 

कोकाकोला पिएको ४५ औँ मिनेटमा शरीर नितान्त मादक पदार्थ सेवन गरेको जस्तो बन्न थाल्छ । टाउको ह्याङ बनाउने तथा घाँटी खसखस गरी तिर्खा लाग्न थाल्छ । साथै कुनै अवस्थामा भने डोपामाइन को उत्पादन बढाउनुका साथै दिमागमा खुसि दिने भाग सक्रिय बनाउने काम गर्दछ ।

६० मिनेट 

खाएको १ घण्टामा तिन प्रकारका प्रकृयाहरु देखाउन थाल्छ ।
१. क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थालेसंगै क्षणक्षणमा पिसाव लाग्छ । त्यसैको फलस्वरुप तपाईको हड्डीमा भएको क्यालसियम, मेग्निसियम र जिंक जस्ता तत्वहरु शरीरबाट बाहिर जान्छ ।

२. फास्फोरिक एसिडमा भएको चिनि र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण शरीरमा भएको क्याल्सियम, मेग्निसियम र जिँकलाई एकै स्थानमा जम्मा पारी मेटाजिल्म बढाउने काम गर्दछ ।

३. यसको असर बढेसंगै मानिसमा आलस्य बढ्न थाल्छ । मिठोपनाको बढ्दो असरका कारणले कोकमा भएको पानी युरीनका माध्यमबाट बाहिर निस्कासन गर्दछ । कोक पिउनुको अर्को बेफाईदा केहो भने तपाईको हड्डी तथा दाँतलाई आवश्यक पर्ने खनिज पदार्थ बाहीर निस्कन्छ ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७३०८:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारको छालामा चमक चाहानु हुन्छ ? दैनिक ५ मिनेट समय छुट्याउनुहोस् ।