शरीरमा ट्याटु बनाउदा नि फाईदा, थाह पाउनुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । शरीरमा बिभिन्न प्रकारका ट्याटुहरु खोप्दा छाला तथा अन्य रोगहरुको संक्रमण बढ्न सक्छ भन्ने एकथरी मानिसहरुको बुझाई छ । तर ट्याटु बनाउदा शरीरलाई असर पर्नुको साटो फाइदा पूर्याउछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
यस्तो अध्ययन गरेको हो युनिवर्सिटी अफ अलबामाले । सो युनिभर्सिटी द्धारा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ, ट्याटुहरु खोप्ने मानिसको रोग संग लड्ने प्रतिरोधात्मक शक्तिको बृद्धी हुन जान्छ, अन्य कुरामा यसले कुनै पनि असर गर्दैन् ।
श्ःभ्कअष्भलअ।अयm वाट प्रकासित एक रिपोर्टमा भनिएको छ कि ट्याटु बनाउदा रोग संग लड्ने क्षमता कम हुने भएपनि निरन्तर ट्याटु खोप्ने बानीले फाईदा पूर्याउने उल्लेख गरेको छ । सो प्रतिवेदनमा के पनि भनिएको छ भने एउटा मात्र ट्याटुले इम्युन सिस्टमलाई अस्थाईरुपमा कमजोर बनाएपनि निरन्तर रुपमा ट्याटु बनाउने मानिसहरुलाई भने कालान्तरमा फाईदा हुने बताइएको छ ।
ट्याटु बनाउदा सुरुमा बिरामी भएको महशुस हुने भएपनि केही समय पछी यसले शरीर मजबुत बनाउनु का साथै रोग संग लड्ने क्ष्मताको बृद्धी गर्ने अनुसन्धानमा संलग्न अध्ययनका एसोसियट प्रोफेसर अफ एन्थ्रोपोलोजी का डाक्टर क्रिस्टोफर लैस्लीले बताएका छन् ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७३११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरु जनिराखौ!