गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरु जनिराखौ!

बिगुल स्वास्थ्य, काठमाडौँ । गर्भावस्था भनेको निकै समबेदनशिल समय हो महिलाहरुका लागि तर यस्तो समयमा उचित हेरचाह तथा सुरक्षा गर्नु पुरुषको कर्तब्य हुन आउछ, गर्भावस्थाको समयमा अचित खानपान तथा हेरचाह हुन नसकेमा बच्चा तथा आमा दुबैको स्वास्थ्यमा गंभिर असर पर्न सक्ने डक्टर हरुको सुझाव छ ।

कस्ता कस्ता फाइदा हुन्छन् त गर्भवती महिलाले अण्डा खाँदा आउनुहोस जानकारी लिगौँ ।
१. गर्भवती महिलाहरुले अण्डा खानु अत्यन्तै लाभदायक मानिन्छ किनभने अण्डामा पर्याप्त मात्रामा प्रोटिन हुने गर्दछ ।

२. गर्भवती महिलाले पर्याप्त मात्रामा अण्डा खानाले पेटमा हुर्किरहेको भु्रणको बिकासमा निकै ठुलो योगदान पुग्छ । साथै गर्भमा रहेको बच्चाको हरेक कोशिकाहरु शी तरिकाले निर्माण गर्नमा सघाउछ ।
३. १२ थरीका भिटामिन पाईने हुनाले पनि अण्डा गर्भवती महिलाका लागि उपयोगि छ । प्रोटीन पर्याप्त मात्रामा पुग्नाले जन्मने बच्चामा मानसिक समस्या हुने संभावना निकै कम हुनुका साथै बच्चाको मस्तिष्क बिकासमा ठुलो सहयोग पूर्याउदछ ।
४. एउटा अण्डामा कम्तीमा पनि ७० क्यालोरी बरावरको शक्ति हुन्छ । गर्भवती महिला तथा पेटमा हुर्किरहेको बच्चाको सहि बिकासका लागि दैनिक रुपमा कम्तीमा पनि दुई देखि तिन सय क्यालोरी आवश्यक पर्दछ । क्यालेरीको परिपूर्तिका लागि पनि अण्डा खानु लाभदायक हुन जान्छ।

 

सावधान : पाचन प्रकृया कमजोर भएका गर्भवती महिलाहरुले डाक्टरको सल्लाह लिएर मात्र अण्डा खाने गरौँ । बान्ता, फुड पोइजन तथा झाडापखाला लागेका बेला गर्भवती महिलाले अण्डा प्रयोग गर्नु आमा तथा बच्चाका लागि खतराजनक मानिन्छ ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७३११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा यस्तो सागः जसले क्यान्सर देखि पत्थरी सम्म करिब ५० रोग निको पार्छ