सावधान !!! भारतिय चियापत्तिमा हानिकारक किटनासक औषधी !!!

बिगुल स्वास्थ्य, काठमाडौँ । धेरैजसो मानिसहरुमा बिहान उठ्ने बित्तिकै चिया पिउने बानी हुन्छ । तर बिानै खालि पेटमा चिया पिउनु स्वास्थ्यको लागि कक्तिको फाइदा वा बेफाईदा के गर्छ भन्ने आम मानिसहरु लाई थाह नहुन पनि सक्छ । हालै भारतमा गरिएको एक अध्ययनले के देखाएको छ भने चियामा प्राणघातक किटनाशक औषधी को मात्रा पाइएको हो ।
ग्रीनपीस नामक एक ग्रैह्र सरकारी संस्थाको अध्ययन का क्रममा यस्तो तथ्य फेला परेको थियो । सो संस्थाको रिपोर्टमा जनाइए अनुसार भारतमा बेचिने राष्ट्रिय तथा अन्तर्राष्ट्रीय ब्राण्डका चियामा हानिकारक कीटनासक पाइएको हो, यसैमध्ये केही यस्ता किटनासकहरुको मात्रा पनि भेटिएको छ जुन विश्व स्वास्थ्य संगठनले पनि अत्यन्तै खरतनाक को सूचिमा राखेको छ ।

डीडीटी जस्तो हानिकारक किटनासक

CUPग्रीनपीस नामक संस्थाले गरेको अध्ययन अनुसार भारतका मानिसहरुले पिउने गरेका आठ कम्पनिका ४९ वटा ब्राण्डेड चियाको नमुना अध्ययन गरेको थियो । यस्ता बिशालु कम्पनीका ब्राण्डहरु भारतमा मात्र होईन नेपाल लगायतका बिश्वका बिभिन्न देशमा बिक्रि हुने गरेको छ । भारतको मुम्बई, दिल्ली, कोलकाता र बेंङलोरमा लिइएको नमुनाहरुलाई यूरोपको प्रमाणित ल्याबोरोटरीमा परिक्षणको लागि पठाइएको थियो ।

जुन परिक्षण वाट मानिसहरुले पिउने त्यस्ता चियाहरुमा हानिकारक तथा प्राणघातक कीटनासक समेत फेला परेको ग्रीनपिसको प्रतिवेदनमा उल्लेख छ ।

खेति का क्रममा प्रयोग गर्न समेत प्रतिवन्ध लगाइएको डीडीटी ६७ प्रतिसत भेटिएको ग्रीनपीसकी प्रचारक नेहा सहगले खुलासा गरेकी छन् । उनको भनाइअनुसार केही नमुनाहरुमा मोनोक्रोटोफोस नामक किटनासक भेटिएको थियो, जुन किटनासकका कारण भारतको बिहारको एक स्कुलमा २३ जना बालवालीकाहरुको मृत्यु भएको थियो ।
तर यस्तो तथ्य सार्वजनिक भैसक्दा पनि भारतिय चिया बोर्डले उक्त ग्रिनपिसको प्रमाण खारेज गर्दै भारतको चियापक्ति सुरक्षित मात्र होईन पूर्ण रुपमा सुरक्षित भएको दाबि गरीरहेको छ ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७३०९:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एपेन्डिसाइटिस कस्तो रोग हो ? कस्ता हुन्छन् एपेन्डिसाइटिसका लक्षण ?